आज:  | Sat, 26, Sep, 2020

सरकारबिरुद्ध नेबिसंघ पर्साद्वारा बिरोध प्रदर्शन

बिरगंज सिटी २८ माघ २०७६, मंगलवार १४:२६मा प्रकाशित (७ महिना अघि) ४७०५ पाठक संख्या

माघ २८ वीरगंज/  ललिता निवासको जग्गा व्यक्तिको नाममा लगी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन भौतिक योजनामन्त्री तथा नेपाली कांग्रेसका नेता विजय गच्छदारबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बिरुद्धमा नेबिसंघ पर्साले अख्तियार बिरुद्ध वीरगंजमा बिरोध प्रदर्शन गरेको छ ।

अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना संसदीय दलका उपनेता विजयकुमार गच्छादारमाथि भ्रष्टाचार मुद्दा चलाएको प्रति आपत्ति जनाउँदै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गरिरहँदा पर्सा नेबिसंघ पनि बर्तमान सरकारबिरुद्ध बिरोध प्रदर्शनमा उत्रेको छ ।

कांग्रेस निकटका नेता भ्रष्टाचारमा मुचिएको घटनामा हतारिएर नेबिसंघ पर्साले भ्रष्टाचारमा परेका नेतालाई छुटाउन बिरोध प्रदर्शन गरेको छ ।

यस अघि असोज २६ मा रौतहट २ बाट निर्वाचित सांसद मोहम्मद अफताब आलम पक्राउ पर्दा पनि कांग्रेस सभापति शेर बहादुर स्वयमले सरकारले झुठो मुद्दा लगाएको र दुःख दिने मुद्दा चलाएको भने हतारिएर अभिव्यक्ति दिएका थिए । तर कांग्रेस त्यसमा धेरै दिन टिकेन ।

तर यता फेरी पनि नेपाली कांग्रेस निकट नेपाल बिधार्थी संघ पर्साले सरकारले नेकपा नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै भ्रष्टाचार मुद्दा लागेका कांग्रेस उप–सभापति बिजय कुमार गच्छदारलाई बचाउन अख्तियार बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन ।

नेवि संघले अख्तियार तथा सरकार विरुद्ध वीरगंज महानगरको पानमंडी, माईस्थान, महाविर स्थान, गोश्वारा रोड लगायतको विभिन्न ठाउँबाट एकसाथ मसाल जुलुस निकालेर बिरोध प्रदर्शन गरेको थियो ।

जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी गरेका थिए । जुलुस नियन्त्रणमा लिन उत्रेका नेपाल. सशस्त्र प्रहरी र नेबिसंघका बिधार्थीहरुििबच झडप हुँदा केही बिधार्थीहरु घाईते पनि भएका थिए ।