आज:  | Wed, 19, Feb, 2020

जिराभवानी गापाको ईलाका प्रशासन कार्यालयमा कर्मचारीको लापर्वाहीले सेवाग्राही सास्ती खेप्दै

बिरगंज सिटी २८ माघ २०७६, मंगलवार २०:४९मा प्रकाशित (१ हफ्ता अघि) १०५१ पाठक संख्या

आर.पी. यादव माघ २८ वीरगंज/ पर्साको जिराभवानी गाउपालिकाको सुपौलीमा रहेको ईलाका प्रशासनको कर्यालयमा कर्मचारीहरू सधै अनुपस्थित रहेको पाईएको छ ।

सेवाग्राहीहरू नागरिकता बनाउन कर्यालयमा जादा कर्मचारीहरु नहुँदा सेवाग्राहीहरू दिनभरीको पिँडा र दुःख झेल्दै घर फर्किन बाध्य भएका छन ।

गाउँपालिकाको ईलाका प्रशासन कर्यालयको कार्यकक्षमा सधै कर्मचारीहरू अनुपस्थित नै रहने गरेकोले आफूहरुलाई काम गराउन कठिनाई भएको स्थानीयले गुनासो गरेका छन् ।

कर्मचारीहहरुले लापर्वाही गरी समयमा नहुँदा सेवाग्राहीहरूलाई सधै सस्ती भोग्नु परेको देखिएको छ । सेवा लिन आउने सर्वसाधारणले कर्मचारीहरुलाई पटक पटक फोन गर्दा समेत फोन नउठाई कर्मचारीले  सर्वसाधारणलाई अन्यौलमा पारी अनाव्श्यक दुःख दिने गरेको स्थानीयको आरोप छ ।