आज:  | Wed, 19, Feb, 2020

सिरहामा बिभस्त तरिकाले १५ महिने बालिकाको हत्या

बिरगंज सिटी २८ माघ २०७६, मंगलवार २१:१०मा प्रकाशित (१ हफ्ता अघि) ९२५ पाठक संख्या

माघ २८ सिरहा / सिरहाको बरियारपट्टी गाउँपालिकामा एक नाबालिकाको विभस्त तरिकाले हत्या भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका –३ का देवेन्द्र यादवकी १५ महिने छोरी आशिकी यादवको हत्या भएको छ ।

आज (मंगलबार) बिहान घरबाटै बेपत्ता भएकी नाबालिका आशिकीको शव साझ पोखरीमा फेला परेको हो ।

प्लाष्टिकको बोरामा उनको शव पोखरीमा डुबेको अवस्थामा भेटिएपछि हत्या भएको स्थानीयले बताएका छन् । स्थानीय एक जना व्यक्तिका अनुसार शव भेटेको बोरालाई एउटा अर्को बोरामा इँटा राखेर डुबाएको देखिएको बताए ।

सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले पनि नाबालिकाको हत्या भएको आशंका गरिएको बताए । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेका छैन । घटना विषयमा अनुसन्धान भइरहेकोले अहिले तत्कालै केही भन्न नसकिने एसपी चतुर्वेदीले बताए ।