आज:  | Thu, 02, Apr, 2020

श्रिसिया नदिमा प्रदुषण फैलाउने उधोगलाई पहिचान गरि क़ानूनी कार्यवाही गर्न सरकार सित सांसद यादवको माँग

बिरगंज सिटी २९ माघ २०७६, बुधबार १६:२४मा प्रकाशित (१ महिना अघि) २३५३ पाठक संख्या

माघ २९ वीरगंज ः समाजवादी पार्टीका सांसद प्रदिप यादवले सिर्सिया नदीको प्रदुषणले आम पर्साबासी धेरै नै सास्ती खेपिरहेको बताएका छन् । पर्सा क्षेत्र नं. १ र २ अन्तर्गत वीरगंज महानगरपालिकामा पर्ने सिर्सिया नदीमा केही उद्योग कलकरखानाको बदमासीले यतिखेर नदी प्रदुषित र विषालु भई जनताको स्वास्थयको लागी हानिकारक भएको सांसद यादवले बताएका हुन ।

‘‘आज दिउसो बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद यादवले नदीको प्रदुषित पानीको कारण आम जनता मुख छोपेर हिडनु पर्ने बाध्यता आएको छ । नदीको प्रदुषित पानी खाएको चौपायाहरु बिरमी भएर कतिले ज्यान समेत गुमाई सकेका छन् । उनले भने’’

दर्जनौ गाउँको लाखौ मानिसको जीवनसंग गासिएको यो समस्या भएकोले नदीमा प्रदुषण फैलाउने उद्योगलाई कडा कारवाही गर्न सरकारसंग उनले मांग गरेका हुन ।

नदीको आसपासमा बसोबास गर्ने मानिस नदीमा खुट्टा राख्दा खुट्टा चिलाएर अधिकांश मासिन छालाको बिरामी भईसकेका छन् । कसैको छालामा घाउ भएर लुतो, हात खुट्टा चिलाउने जस्ता अनेकौं समस्या देखिएको बताउँदै सांसद यादवले त्यसता महामारीलाई समयमै रोक्न फोहोर फैलाउने केही उधागीहरुलाई कडा गर्नु पर्ने मांग गरेका हुन ।

विगतको दिनमा सिर्सिया नदीको पानी पहाडको झरिबाट निस्किने पानी जस्तो सफा र चम्किलो थियो । बैशाख, ज्येष्ठको महिनामा तिर्खा लाग्नेले समेत त्यही पानी खाने गर्थै । उनले भने’’

नदी आसपासका किसानहरुले पनि पम्पिङ्ग सेत लगाएर सिचाई पनि गर्नृे गर्थे । सांसद यादवले भने’’

समाजवादी पार्टीका केन्दिय सदस्य समेत रहेका सांसद यादवले सिर्सिया नदीको छेउमा सयकडौंज उद्योग कलकारखान रहे पनि सबैले प्रदुषण नफैलाई केही मात्रै उद्योगले विशालु र प्रदुषण पानी फालेकोले जनताको स्वास्थयसंग खेलवाड गर्ने त्यसता उद्योग र उद्योगीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका हनु ।

२०६७ सालमा एउटा अध्ययन टोलीले समेत आफ्नो प्रतिवेदनमा ४८ वटा उद्योग र अबैध रक्सी भठ्ठी एंव वीरगंज महानगरपालिकाका ढल र फोहोर पनि प्रदुषणको स्रोतको रुपमा उल्लेख गरेको बताउँदै उनले सिर्सिया नदीलाई फोहोर, दुर्घन्धिन र बिशालु पानी फाल्ने छाला उद्योग, डिस्टिलरी, टेक्सटाई, घ्यू, साबुन, काटुन, कागज, सलाई र रांगा काट्ने उद्योगहरु रहेको बताउँदै यि उद्योगहरुलाई कडा कारवाही गर्न संसदमा जोडदार आवाज उठाएका छनु ।