आज:  | Wed, 19, Feb, 2020

थाहा खबर अनलाइन पत्रीकाले पित पत्रकारिता गरेको भन्दै मुदा दर्ता

बिरगंज सिटी २९ माघ २०७६, बुधबार १९:४६मा प्रकाशित (६ दिन अघि) १८०७ पाठक संख्या

नगर प्रमुख सरावगीद्धारा ५०लाख छति–पुर्ती मांग

वीरगन्ज,माघ २९

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले थाहा खबर अनलाईन पत्रिकाले पित पत्रकारिता गरेको भन्दै बारा जिल्ला अदालतमा मुदा दर्ता गर्नुभएको छ । थाहा खबर अनलाइन पत्रिकाले माघ २६ गते प्रकाशित गरेको ‘मसानघाटको जग्गा…..’ बिषयक समाचार झुठो र कपोल कल्पीत भएको भन्दै कानुनि कार्यवाहि सहित ५० लाख छतिपुर्तीको मांग गर्दै नगर प्रमुख सरावगीले माघ २८ गते बारा जिल्ला अदालतमा लिखित बेइज्जती मुदा दर्ता गराउनु भएको हो ।थाहा खबर अनलाइनका सम्पादक र्तीर्थ कोइरालालाई बिपक्षी बनाइ दर्ता गरिएको मुदामा घटनाको वास्तवितालाई बग्ंयाएर व्यक्तिगत चरित्रलाई बदनाम गराउने नियतले उक्त समाचार प्रकाशित गरिएको नगर प्रमुख सरावगीले दर्ता गराउनु भएको फिराद पत्रमा उल्लेख गरिएको छ । बारा जिल्ला अदालतमा दर्ता भएको मुदा नम्बर ०७६–सि४–०२४२को फिरादमा २०७६ माघ २६गते विद्युतीय माध्यमको अनलाइनपत्रीका थाहा खबरमा प्रकाशित उक्त बिषयको समाचारमा झुठा कुरा लेखी आफ्नो इज्जत ,प्रतिष्ठा र मान मर्यादामा घक्का पुर्याउनुका साथै व्यक्तिगत आचरण र ख्यातिलाई होच्याउन काम भएको भन्दै हदैसम्मको दन्ड–जरीवानाको मागं गरिएको छ ।नगर प्रमुख सरावगीले दर्ता गराउनु भएको मुदामा मागं गरिएको छतिपुर्ती बापतको रकम रु ५० लाख वीरगन्ज महानगरपालिका भित्र रहेको गरिव बालबालिकाको शैक्षीक उन्नतीका निम्ती प्रयोग हुने गरी राज्यकोषमा जम्मा गर्न लगाइ न्याय इन्साफ पाउन अनुरोध गरिएको छ ।

मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४ को दफा ४३ (१) को (ग) तथा ऐ दफा ५३ (१) को (क) समेतको हकदैयाका आधारमा दायर गरिएको फिरादमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ बस्ने थाहा खवर अनलाइन पत्रिकाका सम्बाददाता शारदा पोखरेलको नामबाट प्रकाशित समाचारमा सार्वजनिक जग्गा किर्ते गर्ने गराउने कार्यमा संलग्न रहेको भन्ने झुठा लान्छना लगांउदै उल्लेख गरिएको समाचारले आफ्नो मान मर्यादा प्रतिष्ठामा समेत गंभिर असर पुगेको उल्लेख गरिएको छ । आफु नेपाली नागरिकको हैसियतले जग्गा खरिद विक्री वेचविखन भोगचलन गर्न पाउनु पर्ने संविधान प्रदत मौलिक हक अधिकार अनुसार उक्त खरिद गरेको र जग्गा खरिद गर्नु भन्दा धेरै अगाडी देखी नै त्यो जग्गा खरिद विक्री हुँदै आएको जानकारीको आधारमा नै उक्त जग्गा खरिद गरेको कुरा , त्यही समाचारको भित्री खण्डबाटै प्रष्ट रहेको छ । यसका वावजुत पनि म फिरादीलाइ नै अपराधी जस्तो देखाइ समाचारको शिषर्क बनाइ लेखिएको समाचारको पहिलो प्याराग्राफमा नै किर्ते गर्ने कार्यमा संलग्न रहेको भन्ने सावित गर्ने मनसाका साथ सफेद झुठा कुरा लेखी समाचार प्रकाशित गरी सम्प्रेषण गरी फेसबुक जस्तो सामाजिक संजालबाट शेयर समेत गरिएको र गर्न लगाइएको व्यहोरा समेत उल्लेख गरिएको छ । यसरी विपक्षीहरुले पत्रकार आचार संहिता तथा प्रेस सम्बद्ध सबै कानून र तत्कालिन गालि वेइज्जती ऐन २०१६ को दफा ३, ५, ८, १२ र वर्तमान अपराध संहिता २०७४ को भाग ३ परिच्छेद २ को दफा ३०५ दफा ३०६ विपरित हुने गरी पीत प्रत्रकारीता गरी आफ्नो इज्जतमा धक्का पुर्र्याउने नियतले झुठा कुराहरु सम्प्रेषण गरेकोमा ऐनले तोके अनुसार आवश्यक कानुनि कार्यवाहिको मांग सहित छतिपुर्तीको मागं समेत गरिएको छ ।

क्