आज:  | Wed, 19, Feb, 2020

पत्रकार नभएको भए माफियाहरुलाई देश बेच्न बेर लाग्दैन्थ्यो : सांसद यादव

बिरगंज सिटी १ फाल्गुन २०७६, बिहीबार १७:०६मा प्रकाशित (६ दिन अघि) ६८०५ पाठक संख्या

फागुन १ वीरगंज/  पर्सा क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य (सांसद) प्रदिप यादवले पत्रकार नभए देश बेच्न पनि बेर नलाग्ने बताएका छन् ।

वीरगंज न्यूज २४ दैनिकको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै वाइडबडी, यती, एनसेल, ललिता निवास लगायतका काण्ड पत्रकारले नै बाहिर ल्याएको वताउदै पत्रकारिता नभए देश बेच्न पनि माफियाहरुले बेर नलाउने सांसद यादवले वताए ।

कार्यक्रमका प्रमुख अतिथी सांसद यादवले पत्रकारले ललिता निवास काण्ड उजागर गरेका कारण अख्तियारले एक सय ७५ जना माथी मुद्दा दर्ता गरेको समेत वताए ।

“पहिला जनातामा भ्रम थियो, मात्र सानो माथी नै अख्तियारले कारवाही गर्छ तर अहिले त्यो ललिता निवास प्रकरणले अन्त्य भएको छ । पुर्व उपप्रधान मन्त्री सहितका एक सय ७५ जना माथी मुद्दा दर्ताले त्यो भ्रमको अन्त्य गरेको छ । यसले संगठित भ्रष्टचार भइरहेको समेत खुलासा गरेको छ । अबको १÷२ दिन मै २÷३ जना बरिष्ठ व्यक्तिहरु त्यही काण्डमा तानिने छ । उनले भने ”

अक्रो प्रसंगमा कुरा गर्दै समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले पत्रकार नभए कुनै पनि आन्दोलन सफल नहुने वताए । पत्रकारिता चुनौति पूर्ण पेश रहेको वताउदै उनले जानको बाजी लगाएर पत्रकारिता गर्ने पत्रकारको प्रशंसा समेत गरे ।

आफु समाजवादी पार्टीको सांसद मात्र नभएर जनताको सांसद भएकोले हरपल पत्रकारलाई सहयोग गर्न तयार रहेको सांसद यादवले वताए । महासंघको भवन निर्माणमा सर्वप्रथम रु ५० हजार सहयोग गरेर आफुले नै सुरुवात गरेको वताउदै सांसद यादवले सांसदको परिधिले बांधेका कारण वितरण मुखी सहयोग गर्न नसकिने बाध्ययता रहेको वताए । निर्माणमुखी कार्यको लागि आफु सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता जनाए ।

पत्रिकाको लोक कल्याणकारी विज्ञापनको भुक्तानिको लागि जनकपुर जानु पर्ने बाध्यताको गुनोसोको सन्दर्भमा वोल्दै यादवले जिल्ला हुलाका कार्यालय पर्साबाट नै भुक्तानीको व्यस्था मिलाउन पहल गर्न र सांसदमा समेत आवाज उठाउने समेत आश्वासन दिए ।

उनले डिजिटल मिडियाको जबानामा प्रिन्ट मिडियाको चुनौती थपिए पनि प्रिन्ट मिडियाको छुट्टै महत्व रहेको वताए । पत्रकारिता व्यवसायिक र पेशगत हुनु पर्ने समेत उनको भनाई थियो ।

पत्रिकाका प्रकाशक अकलेश कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश २ अध्यक्ष दिपेन्द्र चौहान, नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमद, पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केशी लामिक्षाने, पर्सा अध्यक्ष श्याम बंजारा, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान, राघव साह, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, प्रेस युनियन पर्साका उपाध्यक्ष शेखर छतकुली लगायतकाले मन्तव्य राखेका थिए ।