आज:  | Thu, 02, Apr, 2020

पेट्रोल र डिजेलको मूल्य घट्यो, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

बिरगंज सिटी ६ फाल्गुन २०७६, मंगलवार ०३:४७मा प्रकाशित (१ महिना अघि) १७४४ पाठक संख्या

फागुन ५ काठमाडौं/ नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ ।
सोमबार राती १२ बजेदेखी लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी
ईन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टितेल समान रु ९७ कायम भएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु ९९ रहेको थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ ।