आज:  | Thu, 02, Apr, 2020

कोरोना भाईरसले लियो १८६८ जनाको ज्यान, ७२ हजार बढीमा कोरोना संक्रमण

बिरगंज सिटी ६ फाल्गुन २०७६, मंगलवार ११:४४मा प्रकाशित (१ महिना अघि) १५३४ पाठक संख्या

फागुन ६ काठमाडौं/  कोरोना भाईरसको प्रकोपले अहिले सम्म १८६८ जनाको मृत्यु भईसकेको छ । चिनियाँ सञ्चार माध्यमका अनुसार चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिलेसम्म १८६८ जनाको ज्यान लिएको छ ।

अहिलेसम्म १८६८ जनाको मृत्यु भएको छ भने ७२ हजार बढीमा कोरोना संक्रमण देखिएको सञ्चार माध्यमले जनाएको छ ।
अस्पतालबाट अहिलेसम्म १२ हजार ५५२ जना डिस्चार्ज भएका छन् । मृत्यु हुनेमा चीनमा मात्रै १८६३ जना रहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जापानमा एकजना, हङकङमा एकजना, ताइवानमा एकजना, फ्रान्समा एकजना र फिलिपिन्समा एकजनाको मृत्यु भएको जनाएको छ ।

कोरोना भाईरसको प्रभाव चीनपछि सिंगापुर, जापान, हङकङ, थाइल्यान्ड, दक्षिण कोरिया, मलेसिया, ताइवान, जर्मनीलगायतका देशमा पनि देखिएको छ ।