आज:  | Wed, 01, Apr, 2020

यही फागुन १४ गते हुने भनिएको स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित

बिरगंज सिटी ६ फाल्गुन २०७६, मंगलवार २१:००मा प्रकाशित (१ महिना अघि) १५३४ पाठक संख्या

फागुन ६ काठमाडौं/ यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन त्रिभुवन विश्वविद्यालयले अनिश्चितकालका लागि स्थगित गरेको छ ।

स्ववीयु निर्वाचन स्थगित गरिएको बारे त्रिभुवन विश्वविद्यालयले मंगलबार आफू मातहतका सम्पूर्ण क्याम्पसहरुलाई परिपत्र गरी जानकारी गराएको हो ।

परिपत्रमा त्रिभुवन विश्व विद्यालय अन्गर्तत कल्याण् तथा खेलकुद निर्देशनालयले विशेष कारणबस स्ववीयु निर्वाचन स्थगित गरिएको उल्लेख गरेको छ ।

नेपाल विद्यार्थी संघ (नेबिसंघ) ले स्ववियु निर्वाचन तयारीका लागि त्रिविसँग केही समय माग गरेको थियो, जसमा अनेरास्ववियु पनि सकारात्मक भएकोले यही १४ गते निर्धारण गरिएको स्ववियु चुनाव स्थगित हुनुको कारण पनि त्यही ठानिएको हो । फागुन १४ को मिति चाहिँ सरे चुनाव हुने नयाँ मिति भने तय भएको छैन । हरेक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०७३ सालपछि यता हुन सकेको छैन ।