आज:  | Wed, 01, Apr, 2020

संस्कृतिलाई चुनौती दिँदै पाँच छोरीले बोके बुवाको शव, श्रीमतीले दिइन् दागबत्ती

बिरगंज सिटी ७ फाल्गुन २०७६, बुधबार १७:२७मा प्रकाशित (१ महिना अघि) ३४८७ पाठक संख्या

फागुन ७ जनकपुरधाम/ धनुषाको सबैला नगरपालिका– २ मा बुवाको निधनपछि पार्थिव शरीर बोकेर पाँच छोरीले दाहसंस्कार स्थल पु¥याएका छन् ।
धनुषा सबैल नगरपालिका २ का रामनारायण यादवको मंगलबार निधन भएपछि पार्थिक शरीरलाई दाहसंस्कार गर्ने नदीसम्म पु¥याएका छन् ।

हिन्दू समाजमा कसैको मृत्यु भए सबै कर्ममा पुरुषकै सहभागिता हुनुपर्ने मान्यता छ । मधेशी समुदाय अथवा तराईमा दाहसंस्कारदेखि हुने हरेक क्रियाकर्ममा महिलाको सहभागितालाई बर्जित गरी यस्ता काममा महिलालाई झनै कडाइ गरिएको भएपनि पुरानो मान्यता र चलनलाई चुनौती दिँदै बुवाको शव बोकेर छोरी दाहसंस्कार स्थलसम्म पुग्नुलाई महिला सशक्तीकरणको रूपमा सामाजिक संजालमा विश्लेषण  गरिँदैछ ।

मधेशमा महिला वा पुरुष जो कोहीको पनि निधन ह्ँदा हिन्दु संस्कारमा शव दाहसंस्कारका लागि घाटसम्म लग्नुपर्दा पुरुषले नै बोक्नुपर्ने र महिलाहरु उक्त स्थानसम्म जान नपाउने संस्कार रही आएकोमा धनुषाका महिलाहरुले आफुनो बुवाको शवलाई बोकेर दाहसंस्कार स्थलसम्म पु¥याएर तराई मधेशको संस्कृतिलाई चुनौती दिएका छन् ।

निधन भएका आफन्तको शवलाई आफ्नो काँधमा बोक्दै दाहसंस्कारका लागि खोला छेउसम्म महिलाहरुले नै लगेका छन् ।

निधन भएका रामनरायण यादवकोे पार्थिव शरीरलाई पुरुषले काँधमा नबोकी महिलाले नै बोकेर लाग्नु र महिलाहरुले नै उनको शवलाई काँधा दिँदा महिला सशक्तिकरणको एउटा दरिलो उदाहरण पनि बन्न पुग्यो ।

छोरा नभई पाँच छोरी वटा छो्ी मात्रै रहेका रामनारायणको निधन पछि दाहसंस्कार र क्रियाकर्म कसले गर्ने ? भन्ने बारेमा गाउँमा छलफल पनि भयो । छलफलमा केही व्यक्तिले नातागोताका छोराबाट दाहसंस्कार गराउनुपर्नेमा जोड दिए । तर छोरीहरुले मानेनन् । उनीहरुले आफैं हरेक कर्ममा सहभागी हुने बताए र पाँच छोरीले आफैं काँधमा बोकेर बुबाको शव उठाए । घाटमा आमा अर्थात मृतक रामनारायणकी श्रीमतीले राधिका देवीले दागबत्ती दिइन् ।

रामनारायणका पाँच छोरी छन् । जेठी छोरी ४० वर्षीया नेपुर यादव, माइली छोरी ३७ वर्षीया राजदेवी यादव, साहिँली छोरी ३५ वर्षीया प्रमिला यादव, काहिँली छोरी ३२ वर्षीया अनिता यादव र कान्छी छोरी ३० वर्षीया गोरकी यादवले बुवाको पार्थिव शरीर बोकेर दाहसंस्कार स्थलसम्म पु¥याएका थिए ।
तराई मधेशमा श्रीमतीले दागबती दिएको कहिल्यै नसुनिएको स्थानीयहरु बताउँछन् ।