आज:  | Tue, 02, Jun, 2020

मुम्बई रेलवे स्टेशनमा भागाभाग हुँदा कम्तिमा २७ को मृत्यु

बिरगंज सिटी २२ कार्तिक २०७४, बुधबार ११:२१मा प्रकाशित (२ साल अघि) १०३१२ पाठक संख्या

मुम्बइ १३ असोज मुम्बई रेल्वे स्टेसनमा शुक्रबार भएको भागदौडमा २७ जनाको मृत्यु भएको छ। भारी वर्षासँगै बढी भिड रहेको अल्फिन स्टोन स्टेसनमा बिहान १०:३० बजे सो घटना भएको हो। घटनामा २७ जनाभन्दा बढी घाईते भएका छन्। भारी वर्षासँगै पुलको एउटा हिस्सा भासिन लागेको हल्लाका कारण यात्रुहरुमा भागदौड मच्चिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागी लगिएको रेलवे अधिकारीले जनाएका छन्। भारतीय रेलमन्त्रीले पियुस गोयलले उक्त दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्। उनले घटनाको छानबिनको आदेश दिएका छन्।