अनिल तिवारी
वीरगंज,जेठ ३०:
ठुलो मात्रामा नगली समान बिक्रि गरेको आरोपमा पर्सा प्रहरीले पुर्व सांसद अनिल रुगटाका कान्छो भाई अनुज रुगटालाइ पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका अनिल रुगटा वीरगन्जकै ठुलो अवधोगीक घरानाको जगदम्बा कम्पनिका साझेदान संचालक सदस्य समेत रहेका छन् ।
भारतीय कम्पनीले निर्माण गर्दै आएको समान नकली चाइनाबाट मगांएर नेपाली बजारमा बिक्रि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले रुगटालाइ पक्राउ गरेको हो ।
भारतीय जेके कम्पनिले निर्माण गरेको ड्रिल मशिनको नकलि बिट चाइनाबाट आयाग गरेर नेपाली बजारमा बिक्रि गरेको आरोपमा प्रहरीले रुगटालाइ पक्राउ गरेको जनाइएको छ ।
चाइनाबाट आयातित नकली समान जेके कम्पनिको ब्रान्डमा बिक्रि भएको उजुरीको पत्र भारतीय दुतावास नेपाली प्रहरीमा पुगेपछि प्रहरीले अनुशन्धान अगाडि बढाएको जनाइएको छ ।
अनुज रुगंटालाइ अनुशन्धानको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको प्रहरी नायब उपरिक्षक रंजन लिम्बुले बताए ।उनेले भने अनुशन्धानको लागी ल्याइएको हो ,हामि पुछताछ गरिरहेका छौ ।
Attachments area
|
|
|