पौष २३ वीरगंज/ भ्रमण वर्ष २०२० सुरु भएसंगै पर्साको पर्यटकीय स्थल ठोरी घुम्नका लागि हात्ती र जीप सफारीको व्यवस्था गरिने भएको छ ।
भ्रमण वर्ष २०२० लाई उत्सवका रुपमा मनउन हात्ती तथा जीप सफारीका साथै अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
ठोरी पर्सा राष्ट्रिय निकुञ्जसंग जोडिएको हुनाले पर्यटकीय आकर्षणको रुपमा रहेको ठोरीमा पौष २५ गतेदेखि निकुञ्जभित्र हात्ती र जीप सफारी सुरु गरिने ठोरी गाउँपालिकाको कार्र्यालयले जनाएको छ ।
पुस २५ गतेदेखि २९ गतेसम्म ठोरी–५ सुवर्णपुरमा भ्रमण वर्षलाई उत्सवको रुपमा मनाउन पहिलो ठोरी हात्ती तथा जीप सफारी महोत्सव २०७६ बारे जानकारी गराउँदै ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले महोत्सवको उद्घाटन वन तथा वातावरण मन्त्री शक्ति बहादु्र बस्नेतले गर्ने जानकारी गराएका हुन । उनले पर्यटकहरुलाई आकर्षण गर्ने राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा साँस्कृतिक कार्यक्रम, कुस्ती प्रतियोगिता लगायतका मनोरञ्जनात्मक कार्यक्रम पनि राखिएको बताए ।
ठोरीमा प्राकृतिक सौन्दर्यता सहित वनस्पति, जंगल, जीवजन्तु , सुन्दर, शान्त ठाउँ, बस्नका लागि होमस्टे, घुम्नका लागि पर्सा राष्ट्रिय निकुञ्ज र खाना खाने सस्तो होमस्टे संचालनमा रहेकोल पनि पर्यटकहरुको आकर्षण बढ्ने र पर्यटक आउने आशा बढेको जनाईएको छ ।
हात्ती बस्ने बासस्थान, पोखरी निर्माण लगायत हात्ती सफारीको तयारी गरिसकेको अध्यक्ष श्रेष्ठको बताएका छन् ।
महोत्सवलाई आकर्षक मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकार रमेशराज भट्टराई, शंकर विसी, करिश्मा ढकाल आउने तय भइसकेका श्रेष्ठले बताए ।
दैनिक १० हजार जनाले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेकोले महोत्सवका लागि २० लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको ठोरी–५ का वडा अध्यक्ष राम बहादुर पाख्रिनले जानकारी गराए हुन ।
‘महोत्सवका लागि गाउँपालिकाले १२ लाख छुट्याएको छ तर खर्च २० लाख २० हजार जति लाग्ने जस्तो देखिएको वडा अध्यक्ष पाख्रिनको बुझाईमा छ । ‘ पर्सा राष्ट्रिय निकुञ्जले रकम छैन भनेको छ, अन्यत्र हामीले मागेका छैनौं । नपुगे पछि फेरि गाउँपालिकाबाटै व्यवस्थापन गर्नु पर्ने उनले बताए ।
हात्ती र जीप सफारी गढुवालाइन पोष्टबाट नियमित सञ्चालन हुने जनाइएको छ । महोत्सवका लागि दुई÷दुई वटा हात्ती र जीप तयारी अवस्थामा राखिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । हात्ती सफारीका लागि रुट तय नभएको र हात्ती सफारीको लागी निकुञ्जले नै नेपालीको ६ सय रुपैयाँ र विदेशीलाई ११ सय रुपैयाँ शुल्क कायम गरिदिएको छ ।