आज:  | Mon, 10, Aug, 2020

ठगी मुद्दामा पक्राउ परेका बैठा जेल चलान

बिरगंज सिटी ७ माघ २०७६, मंगलवार २०:००मा प्रकाशित (६ महिना अघि) ५६०८ पाठक संख्या

माघ ७ वीरगंज/ ठगी मुद्दामा पक्राउ परेका रामबाबु बैठा पूर्पक्षका लागी कारागार चलान भएका छन् ।
नेकपा प्रदशे नं. २ का प्रदेश सदस्य समेत रहेका नेता बैठालाई पर्सा जिल्ला अदालतको इजलाश नं. ३ का न्याधिश कृष्ण प्रसाद सुवेदीको आदेशले कारागार चलान भएका हुन् ।

बैठालाई पूर्पकक्षका लागि थुनामा राख्न आदेश भएको पर्सा जिल्ला अदालत वीरगंजका श्रेस्तादार कृष्ण प्रसाद अधिकारीले बताए ।
अदालतको ३ नं. इजलाशको न्याधिशको आदेशअनुसार उनलाई पूर्पक्षको लागि वीरगंज कारागारमा राखेर कारवाही अगाडी बढाउन आज आदेश भएको श्रेस्तदार अधिकारीले जानकारी गराए । नेपाल प्रहरीको असई बनाईदिनको लागि रु ७ लाख घुस लिएको आरोपमा बैठालाई हिजो (सोमबार) प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पोखरिया नगरपालिकाको बनकटवा घर भएका बैठा २ महिना देखी फरार रहका थिए । उनी सोमबार आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए पछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएकै दिन पर्सा प्रहरीले बैठालाई पर्सा जिल्ला अदालतमा उपस्थित गराउदै ५ दिनको लागि म्याद थप समेत गराएको थियो ।तर त्यसको भोली पल्ट नै आज (मंगलबार) प्रहरीले बैठालाई अदालतमा हाजिर गराए पछि अदालतले पूर्पक्षको लागि जेल चलान गरेको हो ।