माघ १९सुनसरी/ सुनसरीको तित्रीबनामा बस र माइक्रोबस ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
इटहरीबाट इनरुवा जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आएको ना ६ ख ७९५ नम्बरको बस आइतबार बिहान ठोक्किदा ३ जनाको मृतयु तथा ७ जना घाईते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
दुर्घटना परि मृत्यु भएका मृतकको सनाखत हुन सकेको छैन । शवहरु गाडीमा च्यापिएकाले निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।