आज:  | Tue, 20, Oct, 2020

कोरोना भाइरस संक्रमित : भारतबाट आउनेलाई चेकजाँच गर्न वीरगंज नाकामा ‘हेल्पडेस्क’ स्थापना

बिरगंज सिटी २१ माघ २०७६, मंगलवार २२:०९मा प्रकाशित (८ महिना अघि) ५१२६२ पाठक संख्या

माघ २१ वीरगंज /  कोरोना भाईरस संक्रामित चेकजाँच गर्न वीरगंज भन्सार नाकामा ‘‘हेल्प डेस्क’’ स्थापना गरिएको छ ।

चीनमा देखापरेको यो भाईरस तीव्र गतिमा फैलिइरहेको बेला कोरोना भाइरसका संक्रमितको जाँच गर्नका जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा सिमा नाकामा हेल्प डेस्क’’ (सहायता कक्षंं)को स्थापना गरिएको छ ।

वीरगंज महानगरापलिकाले जनस्वास्थ्य कार्यालय पर्सा मार्फ तस्वास्थ्य तथा सामाजिक विकास महाशाखाले सोमबारदेखी हेल्प डेस्क संचालनमा ल्याएको पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका हुन । उनले सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिने बताए ।

‘कोरोना भइरसबाट मानिसलाई बचाउनको लागी नेपाल–भारत सीमा क्षेत्र लगायत बिद्यालय स्तरदेखी पर्साको १४ वटै स्थानीय तहमा उच्च सतर्कता अपनाउनका लागि चेतनामुलक कार्यक्रम पनि संचालन प्रजिअ बस्नेतले बताए ।
नेपालको भू–भाग भारतसँगको खुला सीमा जोडिएकोले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिने भएको छ ।

अहिलेसम्म वीरगन्जमा कोरोना भाइरस संक्रमित नभेटिए तापनि सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शङ्का लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर प्रसाद चौरसियाले बताए ।