आज:  | Tue, 27, Jul, 2021

भोजपुरी फिल्म सुपरस्टारमाथि वर्षे जुता चप्पल, स्टेजबाटै भागे निरहुआ र आम्रपाली

बिरगंज सिटी ८ फाल्गुन २०७६, बिहीबार २२:२४मा प्रकाशित (१ साल अघि) ९६७६९ पाठक संख्या

फाग्ुन ८ वीरगंज/  रौतहटको मौलापुरमा गएराति आयोजना गरिएको संस्कृति कार्यक्रम भाडिएको छ ।

मंगलबारदेखी मधानी महायज्ञको अवसरमा मौलापुरमा आयोजित भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव ’निरहुआ’ र अभिनेत्री आम्रपाली दुबे लगायतको साँस्कृतिक कार्यक्रम भाँडिएको छ ।

नेकपा नेता प्रभु साहको गृह नगर पर्ने मौलापुर नगरपालिकाको पतौरा टोलमा राखिएको रात्रिकालीन साँस्कृतिक कार्यक्रममा भारतीय मुलका चर्चित भोजपुरी कलाकार निरहुआ, आम्रपाली र ईन्दु शोनालीलगायतको कलाकारमाथि दर्शकले चप्पल जुत्ता वर्षाएपछि उनीहरु स्टेज छाडेर भागेका थिए ।

पतौरामा पुरातात्वीक शिव मन्दिर भेटिएको खुशियालीमा मौलापुर आयोजना गरिएको सो कार्यक्रममा करिब रातीको ९ बजे कार्यक्रममा भोजपुरी सुपरस्टार कलाकार दिनेशलाल निरहुआद्वारा परिचयात्मक गीतपछि मञ्चमा गैर कलाकारको अनावश्यक भिडलाई दर्शकहरुले हटाउन माग गरे तर पटक पटक भन्दा पनि भिड नहटेपछि जुताचप्पल चलेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

भोजपुर फिल्म स्टार निरअुवा लगायतका कलाकारहरुलाई देखेर दर्शकहरु मञ्चमाथि फोटो खिच्न, सेल्फी लिन तथा अनावश्यक रुपले गैर कलाकारले पनि मञ्चमा नृत्य गर्न थालेको तथा मञ्च व्यवस्थित नभएको कारण दर्शकहरु आक्रोसमा आएर जुत्ता चप्पल चलाएकोे प्रत्यक्षदर्शिको आरोप छ ।