आज:  | Thu, 13, Aug, 2020

चपुरलाई ३ गोल गर्दै हेटौडा फाइनलमा

बिरगंज सिटी १० फाल्गुन २०७६, शनिबार २१:१३मा प्रकाशित (५ महिना अघि) ३८४४ पाठक संख्या

फाल्गुण १० वीरगंज/ नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ ।
पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो ।

खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

उत्कृष्ट प्रर्दशन गर्दै हेटौडाका कृष्ण गरुङले खेलको ५३ औ मिनेटमा अर्को गोल गरेपछि हेटौडा ३(० गोल अन्तरले बिजयी बन्यो ।

खेलको म्यान अफ द म्याच हेटौडाका तारा नेगी भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष राम जी साह तेली र लोक गायक खेमराज पौडेलले नगद सहित ट्रफी प्रदान गरे ।

आजको खेलको बिजेता हेटौडाले फागुन १४ गते हुने फाइनलमा आयोजक पर्सागढी युवा स्पोर्टस क्लब प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने आयोजक संचालक समितिका सचिव सञ्जय पाठकले जानकारी दिए ।