आज:  | Tue, 27, Jul, 2021

इटलीमा कोरोनो प्रकोप संख्या ३ बाट एकै पटक १ सय ३२, प्रकोप रोक्न स्कुल र म्युजियम बन्द

बिरगंज सिटी १२ फाल्गुन २०७६, सोमबार ०९:०९मा प्रकाशित (१ साल अघि) ५८८१ पाठक संख्या

फागुन १२ वीरगंज/  इटलीमा सप्ताहन्तमै एकै पटक कोरोना संक्रमितको संख्या ३ बाट एक सय ३२ पुगेपछि कारोना प्रकोप रोक्न विभिन्न कदम चालिएको छ ।

कोरोना भाईरसको कारण इटलीमा हालसम्म दुई जनाको ज्यान गएको छ । सो क्षेत्रमा बसोबास गर्ने करिब ५० हजार मानिसलाई आफ्नो ठाउँ नछोड्न निर्देशन दिइएको छ ।

नोबेल कोरोनाभाइरसको संक्रमण चीनको हुवे प्रान्तको वुहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिँदै गईरहेको अवस्थामा इटली देशको उत्तरी क्षेत्रमा मार्च १ सम्म सार्वजनिक र व्यक्तिगत भेलामा रोक लगाई स्कुल, विश्वविद्यालय र म्युजियमहरु समेत  बन्द गर्न थालिएको छ ।

कोरोना भाईरसको प्रभाव चीनपछि सिंगापुर, जापान, हङकङ, थाइल्यान्ड, दक्षिण कोरिया, मलेसिया, ताइवान, जर्मनीलगायतका विभिन्न देशमा देखिएको छ । एजेन्सी