आज:  | Tue, 27, Jul, 2021

उत्तर–पूर्वी दिल्ली हिंसामा २७ जनाले मुमाए ज्यान, २ सय ५० जना घाईते

बिरगंज सिटी १५ फाल्गुन २०७६, बिहीबार ०९:३६मा प्रकाशित (१ साल अघि) ६५३२ पाठक संख्या

फागुन १५ वीरगंज/ भारतको दिल्लीमा नागरिकता संशोधन कानुनको बिरोधमा भएको हिंसामा २७ जनाको ज्यान गएको छ ।
दिल्लीको उत्तर–पूर्वी इलाकामा बुधबार नागरिकता कानुनविरुद्धको प्रदर्शनले हिंसाको रुप लिँदा २७ जनाको मृत्यु तथा दुई ५० जना घाइते भएका छन् ।

उत्तर–पूर्वी दिल्लीको चान्द बाग इलाकामा बुधबार आईबी अधिकारी अंकित शर्माको शव फेला परको छ भने जीटीबी अस्पतालमा २५ र जेपी अस्पतालमा दुई जनाको ज्यान भएको जनाईएकोे छ ।

यसैबिच प्रधानमन्त्री नरेन्द्र मोदीले हिंसाले उग्र रुप लिईसकेको तीन दिनपछि मानिसहरुलाई शान्तिपूर्वक रहन र भाइचारालाई नबिर्सन आग्रह गर्दै शान्ति र सौहार्दता कायम राख्न अपिल गरे । उनले टवीट गर्दै प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र अन्य सुरक्षा बल खटेको पनि बताए ।

त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसा प्रभावित इलाकामा सेना तैनाथ गरिने बताएका छन् ।
हिंसामा अहिलेसम्म १८ वटा घटना दर्ता भएको र एक सय ६ जनालाई गिरफ्तार गरिएको दिल्ली प्रहरीले जानकारी दिएको छ । घटना बारे आवश्यक जानकारी दिन ११२ नम्बरमा सूचना दिन प्रहरीले आग्रह गरेको छ ।

हिंसा भडिएर उग्र रुप लिएपछि गृहमन्त्री अमित शाहले गएको २४ घण्टाामा तीन पटक बैठक बोलाइसकेका छन् । -एजेन्सी