आज:  | Tue, 20, Oct, 2020

सबै काम गुणस्तरीय र दिर्घकालिन आयु हुने गरी भईरहेको छ : वडा अध्यक्ष तुफान फाँरुक अंसारी

बिरगंज सिटी १५ फाल्गुन २०७६, बिहीबार १७:२८मा प्रकाशित (७ महिना अघि) २००९८ पाठक संख्या

फागुन १५ वीरगंज/ तुफान फाँरुक अंसारी वीरगंज बासीको लागी नयाँ नाम भने पक्कै पनि होईन । बुवा नसिर अंसारी र आमा मर्ईमुल नेसाको दाम्पत्य जीवनबाट बि.सं.२०३६ पौष ३ गते जन्मेका अंसारी अहिले वीरगंज महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष हुन् । दुई दाजुभाई मध्यको सबैभन्दा कान्छो छोरा रहेको उनी सानैदेखी झग्डालु स्वाभागको भएकाले श्री नेपाल राष्ट्रिय बिद्यापिठ माध्यमिक बिद्यालय श्रीपुरबाट कक्षा ८ सम्म अध्ययन गरी पढाईबाट छुटिनु प¥यो । पढाईपछि विगत ४ वर्षसम्म लेथको काम सिक्दै उनी २५ वर्षको उमेरमा आफैले ट्रक राखी मालसमान ढुवानी गर्ने व्यवसायमा लागे । २०६३ सालमा भएको मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै तत्कालिन मेधशी जन अधिकार फोरम नेपालमा प्रवेश गरी राजनीतिमा होमिएको उनले बताए । व्यवसायसंगै समाजिक कार्य अन्गर्तत गरिब, निमूखा, असहाय जनतालाई सहयोग गर्दै राजनीतिमा उभ्रिन थाले । समाजप्रति उनको योगदान र लगााव बढ्दै जादाँ वडाबासीको दबाबमा उनी २०७४ को स्थानीय चुनावमा लडेर वडाध्यक्षमा निर्वाचित भए । उनै वडाध्यक्ष तुफान फाँरुक अंसारीसंग वडाको विकासबारे वीरगंज सिटीका लागी गरिएको कुराकानीको संम्पादित अंश :

१) तपाई निर्वाचित भई प्रतिनिधी बनेको झण्डै पौने तीन वर्ष बित्न लाग्यो, उतिबेलादेखी हालसम्म मुख्य गरी के के काम गर्नु भएको छ ?

बिगत २० वर्ष पहिलादेखी नै हाम्रो वडा पिछिडिएको हो । उतिबेलदेखी यहाँ केही पनि विकासको काम भएको थिएन । महानगरकै सबैभन्दा बढि खाल्टो खुल्टो सडक हाम्रै वडामा छ । यहाँको मुख्या समस्या भनेकै सडक, नाला र सरसफाई हो ।

मैले जितेर आएदेखी सडक नालाको काम तिब्र गतिमा भएको छ र भईरहेको पनि छ । मुख्यतः सरसफाई, बिजुली, बत्ती, सडक लगायतका क्षेत्रमा काम गरेका छौ । सडक साँघुरो र खाल्टो खुल्टो हुँदा बेला बेलामा समस्या झेल्न परिरहेको थियो, जुन समस्यालाई बिस्तारै समाधान गर्दै पक्की पिचसहितको फराकिलो सडक र नाला बनाउने कार्यमा लागेका छौ ।

त्यस्तै राधेमाईस्थित रहेको रामजान्की मंदिरमा मांननीय सांसद प्रदिप यादव जी को संसदीय कोष र वडाको बजेटबाट मंदिरको सिलन्यास, कम्पाण्डलाई घेर्ने, समसान घातलाई व्यवस्थित गरी सफा सुगर गर्ने जस्ता धेरै कार्य भईरहेको छ ।

२) चुनाको बेला जनतासंग गरेका प्रतिबद्धताहरु के के पुरा गर्नु भएको छ ?

चुनावमा जनताको जिवनस्तर उकास्ने गरी मुख्यतः शिक्षा, स्वास्थय, रोजगार, सरसफाई र सुबिधा सम्पन्न बाटोघाटो निर्माण लगायतका कुरामा जोड दिएका थिए । यी मध्ये धेरै काम भएको छ । बाँकी रहेकोलाई पनि क्रमिक रुपले प्राथमिकता दिदै अगाडी बढिरहेको छ ।

३) यहाँको वडा महानगरपालिकामा गाभिएपनि अझै पनि सडकको अवस्था दैनिय नै छ ? कति वर्षभित्र सुधारी सक्ने लक्ष्य राख्नु भएको छ ?

अहिले संघीय र प्रदेश सरकारको लडाईमा स्थानीय तह पनि पिसाई रहेको छ । कुनै पनि पूर्वाधारमा सम्पन्न नभएको वडा रातारात महानगरपालिकामा गाभियो ।

विकास निर्माणको कामको लागी वर्षेनी ५९ लाख मात्र रुपैया पाईरहेकोले यहाँ भएको समस्या हेरी बजेट बाँडफाँड गर्दा धेरै कम काम भ्याउने भएको छ । हाम्रो वडा नं. १३ मा जनसंख्या भन्दा बढि यसको क्षेत्रफल नै छ र सबै सडक खाल्टो खुल्टो, भत्केको र साँघुर छ ।

अब हामीले पाएको बजेट अनुसार यहाँको हरेक क्षेत्रमा लगानी गर्दै विकास निर्माणको कार्य गरिरहेकोमा सबै जनता अवगत नै छन् । काम गर्नु पर्ने अपेक्षा धेरै छ, समस्या पनि त्यतीकै छ तर बजेटको अभाव छ, के गर्ने ? तर पनि भ्याए जति सडक नालाको काम तिब्र गतिमा भईरहेको छ ।

४) बजेटको बाबजुद पनि जन चाहना अनुसार खासै काम गर्न सक्नु भएको छैन ? किन ?

एकदम भएको छ । कहाँ भईरहेको छैन, भन्नुस् न ? विकासको काम एकैदिनमा हुने हो र ? केही नभएको कामलाई हामीले जिरोबाट गरिरहेका छौ । अहिले ढाई वर्ष मात्रै बितेको छ । तर पनि वडा नं. १३ को काम बोलिरहेको छ । बाँकीको कार्यकालसम्म हेर्नुस न । मैले गरिरहेको सबै ठाउँको काम गुणस्तरीय र दिर्घकालिन आयुको भएको छ र हुँदैछ ।

पानीमा बालुवा खन्याउने काम कही पनि भएको छैन । विकास निर्मांणको काममा सधै म जनताको बिचमै छु । अहिले मूर्लीको नयाँ टोलमा स्थानीय जनताकै सहयोगले सडक बनाउने कार्य सुरु भएको छ, जुन केही दिनमै सकिन्छ । सडक बनाउन धेरै बाँधा अडच्चन आएपनि स्थानीयको सहयोगले त्यो समाधान गर्दै सडकको काम भईरहेको छ ।

५) जनप्रतिनिधी भएर आईसकेपछि यहाँले वडामा शिक्षा र स्वास्थयको क्षेत्रमा के के गर्नु भएको छ ?

मेरो वडामा सरकारी बिद्यालय एउटा पनि छैन । सबै निजी बिद्यालय नै छन । तर अहिले मैले वीरगंज महानगरद्वारा आयोजित वीरगंज बहिरा संघ पर्सा स्कुलको स्थापना गर्न लागेको छु । वडा नं. १३ राधेमाई पुलिस चौकीस्थित रहेको पुरानो भवनमा महानगरपालिकासंग बजेट मागेर नबोल्ने, नसुन्ने बालबालिकाहरुको लागी स्कुल संचालन गर्ने तयारीमा छु ।

पहिलादेखी नै यहाँ बहिराको लागी पढाई हुन्थ्यो तर त्यसमा बच्चाभन्दा बढि शिक्षकको संख्या थियो । मैले आफ्नो पहलमा गाउँगाउँबाट बच्चा संकलन गरी ल्याउन योजनासहित उनीहरलाई गुणस्तरीय र मितिब्ययी बातावारणमा पठनपाठन गराउने गरी भवनको मर्मत सम्भार गरेको छु । त्यसतै पढाई प्रति विधार्थीहरुको आकर्षण बढाउन दिवा खाँजाको पनि व्यवस्था मिलाउन लागेको छु । तसर्थःवीरगंज महानगरपालिका र पर्सा जिल्लाको मात्र नभई बाहिरको पनि बहिरा बिधार्थीहरु बढ्न सकुन भने उदेश्यले दिवा खाँजाको साथसाथै उनीहरुलाई बस्ने,खाने होस्टलको पनि व्यवस्था गर्ने योजनासहित कार्य थालनी गरेको छु र आउने दिनमा आफ्नोृ बजेटबाट उनीहरुलाई केही आर्थिक कर्म पनि दिईने सोच रहेको छ ।

मेरो वडामा स्वास्थय चौकी छैन् । किन भने तराई हस्पीटल पनि हाम्रै वडासंग जोडिएको छ । त्यस्तै वीरगंज आसपास पनि धेरै ठुल–ठुला हस्पिटल रहेकै छ । तर पनि बहिरा स्कुलभएकै ठाउँको पछाडी स्वस्थय चौकी बनाउन टेन्डर भईसकेको छ । अब स्वास्थ चौकी पनि खुल्न गईरहको छ ।

६) वडामा भएका बेरोजगार युवा तथा महिलाको रोजगारीको लागी के योजना ल्याउनु भएको छ ?

वडमा थोरै बजेट भएकोले योजना पनि कमै हुन्छ । तर पनि वडाबाट महिलाहरुलाई उद्यमी बनाउन विभिन्न सिलाई, कटाई, बुनाई, ब्युटिसियन जस्ता सिप सिकाई आर्थिक रुपले कमजोर भएकोलाई मैले आफैले सहयोग गरी केहीलाई व्यापार गर्न मदत पनि गरेको छु । वडाबाट नै तालिम लिई सिप सिकेर मुर्ली नयाँ टोलमा एक जना बहिनीले ठुलो टेलर्स नै खेलीे व्यापार पनि संचालन गरेकी छिन् । त्यस्तै युवाहरुलाई पनि खेलकुद सम्बन्धी सामग्री वितरण गर्ने, रोजगारमुखी बनाउन विभिन्न सिप,तालिम दिलाउने योजना छ । सिप सिकेका केही युवा तथा महिलालाई निजी कम्पनीमा पनि जागिर दिलाएको छु ।

७) अबको आउदो कार्यकालसम्म यहाँको वडाबासीले के के पाइसक्ने काम यहाँले गरिसक्नु हुन्छ ?

यहाँको जनताको मुख्य अपेक्षा भनेको रोड, नाला, बिजुली र सरसफाई हो । यी आवश्यकता पुरा भयो भने यहाँका जनता पूर्ण रुपले समृद्ध हुन्छ । विगत २० वर्षदेखी वीरगंजमा कही पनि विकास भएको थिएन् । तर हामी आएदेखी सबै क्षेत्रमा क्रमिक रुपले सुधार गरेका छौ । अबको आउने दिनमा यहाँका मुख्य समस्यालाई समाधान गर्दै महिला, दलित, ज्येष्ठ नागरिक, बालबालिका, विपन्न, गरिब लगायतको वर्गको पनि समृृद्धि र उत्थान गर्ने कार्ययोजना रहेको छ ।