आज:  | Thu, 13, Aug, 2020

गर्भावस्थामा होली खेल्दा के असर हुन्छ ?

बिरगंज सिटी २४ फाल्गुन २०७६, शनिबार ०८:५९मा प्रकाशित (५ महिना अघि) ३८६५ पाठक संख्या

डा. बालकृष्ण साह
साथीभाई तथा आफन्तहरुसँगको मस्ती तथा मज्जाको सिमा पार गरेर एउटा छुट्टै रमाईलोको अनुभुति गराउने रसिलो चाड पनि हो, होली । न जाडो न त गर्मी नै मौसमले पनि रमाईलो बनाएको हुन्छ होलीलाई ।

होलीमा घरका सदस्य अनि साथीहरुसँग पुवा ९एक किसिमको मालपुवा० अनि दालपुरीका साथ भाङ्गको आनन्द लिन पाउनुको पनि आफ्नै महत्व तथा रमाईलो छ । त्यसमा मिठो परिकारहरुको स्वाद, रङ्ग र अबिरको मस्तीले अझ आनन्द थपिएको महसुष गराउँछ ।

तर यस्तो रमाईलो माहोलमा गर्भवती महिला सरिक हुने कि नहुने रु साथिहरु तथा आफन्तहरुसँग होली खेल्दा गर्भको बच्चालाई असर हुन्छ कि हुदैन रु अनि मिठो परिकारको आनन्द लिने कि नलिने रु धेरैलाई जिज्ञासा हुन सक्छ ।

अहिले बजारमा अनुहारमा पनि लगाउन मिल्ने र छालामा कुनै असर नगर्ने, सजिलै पखालिने किसिमका रंगहरु पाईन्छ । मेहन्दी तथा अन्य हर्बलहरुबाट तयार गरिएका रङ तथा अबिरहरु बजारमा उपलब्ध हुने भएकाले गर्भवती महिलाहरुले यस्ता रङ तथा अविरले रमाईलो गर्न सक्छन् । तर यस्ता रंगहरु महङ्गो हुने भएकाले सबैले प्रयोग गर्दैनन् ।

तर, गर्भको बच्चालाई असर होला

तर होलीमा प्रयोग गरिने रंगहरु सस्ता र कम गुणस्तरको हुन सक्छ । यस्ता कम गुणस्तरका र अत्याधिक प्रयोग हुने रातो रंगमा मर्करी सल्फेट नामक रसायन प्रयोग गरिएको हुन्छ ।

डा. बालकृष्ण साह

यो रसायन छालाबाट अवशोषित भएर रगतमा जाने र यसले छालाका क्यान्सर, आँखाको दृष्टि कमजोर हुने, पक्षघात गराउने हुन सक्छ । यो मर्करी सल्फेटले गर्भको बच्चाको बृद्धिमा असर गर्ने भएकोले गर्भवतीले खेल्न हुदैन । त्यस्तै हरियो रंगमा कपर सल्फेट भन्ने रसायन प्रयोग गरिएको हुन्छ । कपर सल्फेटले बिशेषगरी आखा चिलाउने, सुन्निने, रातो हुने तथा केहिबेर अन्धो बनाउन सक्छ ।

तर यो पनि गर्भवति महिलाले प्रयोग गर्नु हुदैन । यसले गर्भको बच्चाको बृद्धिमा असर गर्ने, हड्ड िकमजोर गर्ने तथा गर्भपतन समेत हुन सक्छ । निलो रगंमा प्रयोग हुने प्रसियन ब्लु भन्ने रसायन रगतमा नसोसिने हुने भएकोले यसले छालामा मात्र असर गर्ने हुन्छ । यसले छाला चिलाउने तथा फोका आउने हुन सक्छ र यसले गर्भमा खासै असर गर्न सक्दैन ।

गर्भवतीले नखेल्नु नै उत्तम

मनको रिसराग बिर्सेर रंग खेल्नुले मनमा उर्जा दिने हुन्छ तर रंगलाई तुरुन्त सफा गर्नु पर्छ । गर्भवती महिलाले रंग नखेल्नु नै राम्रो हुन्छ । त्यसतै अबिरमा पनि सिसाका धुलो हुने भएकोले टाउको नखेल्नु नै राम्रो हो ।

होलीमा रंग र अबिर खेल्नु संगसंगै खानेकुराको नि मज्जा लिने गरिन्छ । मालपुवा, मिठाई, सेल, पुरी अनि मासु होलीमा सबैका घरमा बनेको हुन्छ ।

हुन त भाङ्ग, गाजा, मद्यपान खाने चलन नि छ । समान्यतया यी खानेकुरा चिल्लो हुन्छन्, त्यसैले गर्भवती महिलाहरुले यी कुराहरु नखाने हुन्छन् तर मद्यपान वा भाङ्ग र गाजा बाहेक आफुलाई रुचेको खानेकुराको मज्जा गर्भवती महिलाहरुले पनि लिन मिल्छ । तर गर्भवती महिलाहरुले थोरै थोरै गरेर धेरै पटक खानेकुरा लिएको राम्रो हुन्छ ।

होली खेल्दा गर्भवती महिलाहरु सहभागी हुनु, गुणस्तरिय रङ्ग खेल्नु, खानेकुराको मज्जा लिनु राम्रो हो । तर होली खेल्दा गर्भवती महिलाहरु सजग हुनु पर्छ । भागदौड, लुकिछुपी अनि खेलखेलमा लडिने वा चोट लाग्ने हुन सक्छ । यस्तो चोट घातक हुन सक्ने भएकोले होसियार र संयमित भएर होली खेल्ने र रमाउने गर्नु पर्छ ।

लेखक महिला तथा प्रसूती रोग विशेषज्ञ हुन् -अनलाईनखबर