आज:  | Tue, 27, Jul, 2021

ईटलीमा कोरोनाले ३ सय ६६ जनाको मृत्यु, १ करोड ६० लाख मानिलाई चैत्र २१ सम्म क्वारेन्टण्टाइनमा राख्ने

बिरगंज सिटी २६ फाल्गुन २०७६, सोमबार ०६:३०मा प्रकाशित (१ साल अघि) ७७९२ पाठक संख्या

फागुन २६ वीरगंज/ कोराना भाईरसले ईटालीमा थप १ सय ३३ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्रै १ सय ३३ जनाको ज्यान गएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ६६ पुगेको छ भने ७ हजार ३७५ जना कोरोना संक्रमित पुगेको ईटालीको स्वास्थ्य विभागले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

कोरोनाको सङ्क्रमण उच्च दरमा फैलन थालेपछि ईटाली सरकारले विभिन्न १४ प्रान्तमा यात्रा गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

ईटालीका १ करोड ६० लाख मानिसलाई आउँदो चैत २१ गतेसम्मका लागि क्वारेण्टाइनमा राखिएको बीबीसीले जनाएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण पछिल्लो समयमा चीनमा नियन्त्रण हुँदै गएको भए पनि अरु देशमा भने तिब्र गतिमा फैलिदै अहिलेस्मम्म यसको सक्रमण १ सय ४ देशमा पुगिसकेको छ ।