आज:  | Tue, 27, Jul, 2021

कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा

बिरगंज सिटी २९ फाल्गुन २०७६, बिहीबार १४:०७मा प्रकाशित (१ साल अघि) ८६५३ पाठक संख्या

फागुन २९ वीरगंज/ चीनको वुहान शहरबाट विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिन–१९) लाई विश्व स्वास्थय संगठनले विश्वव्यापी महामारी घोषणा गरेको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले बुधबार पत्रकार सम्मेलन गर्दै कोभिड १९ लाई विश्वव्यापी महामारीको घोषणा गरेका हुन् ।
उनले कोरोना भाइरस (कोभिड १९) को महामारीलाई हलुका रुपमा नलिन पनि विश्वका सबै मुलुकलाई आग्रह गरेका छन् ।

चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो २ हप्तामा चीन बाहिर १३ गुणाले बढेकोले विश्वव्यापी महामारी घोषणा गरिएको उनले बताएका छन् ।

पहिलो चोटी चीनमा देखा परेको कोरोना भाईरस विस्तारै विस्तारै संसारभरी नै फैलिने जस्तै भईसकेको छ । चीनको वुहान सहरमा शुरुमै कोरोना भाइरस  देखिएको थियो तर त्यहाँको सरकारले भाइरसभन्दा पनि समाचारलाई दबाउने बढि जोड दियो । त्यही भएर कोरोना भाईरस विश्वभरीकै महामारी बन्न पुग्यो । विभिन्न मुलुकमा देखिएको कोरोनाको संक्रमण पछि नेपाल पनि कोरोना भाइरससंग तर्सेको छ ।

सरकारले संक्रमणको सामना गर्न उच्चस्तरीय समिति नै बनाएको छ र केही देशका नागरिकलाई प्रवेशाज्ञामा नियन्त्रण गर्नेलगायतका आन्तिरक तयारी पनि भएको जनाईएको छ ।

अहलिेसम्म कोरोना भाइरस (कोभिन–१९) को  संक्रमणका कारण  विश्वभर ४ हजार भन्दा बढि मानिसहरुको  मृत्यु भइसकेको छ।