आज:  | Tue, 27, Jul, 2021

धैर्यता र लगनशिलता नै लोकसेवा सफलताको पाटो हो : सह–लेखापाल संतोष कुशवाहा

बिरगंज सिटी ४ चैत्र २०७६, मंगलवार ०९:०४मा प्रकाशित (१ साल अघि) ३५२३९ पाठक संख्या

चैत्र ४ वीरगंज/ पर्साको बिश्रामपुरका २६ बर्षे संतोष कुशवाहा अहिले पर्सागढी नगरपालिकाका सहायक लेखापाल हुन । गाउँमैं बसेर पढेका कुशवाहाले २०६६ सालमा श्री कृष्णा चौरसिया मा.वि. बहुअर्वा भाठा, पर्साबाट एस.एल.सी उतिर्ण गरेपछि उनमा इन्जिनियर बन्ने इच्छा पलाएको थियो । तर समयले बाटो मोडियो । उनी बिएसी सम्मको अध्ययन पूरा गरी राजनीतिशास्त्रको बिद्यार्थी भएर ‘मस्टर डिग्री’ भने गर्न भ्याएका छन् । पढाईकै क्रममा सरकारी जागिरतिर उनी आकर्षित भए । उसै पनि तराईका युवाहरुमा यतिखेर लोकसेवा आयोगको परीक्षा पास गरी सरकारी जागिर हासिल गर्ने चाह्ना बढ्दो नै छ । कुशवाहाले लोकसेवा आयोगको तयारी गरी नाम निकाल्न सफल हुँदा सबभन्दा बढ्दा खुसी पेशाले किसान रहेका बाबु कवल प्रसाद कुशवाहा र आमा कान्ति देवीलाई भयो । हाल उनी स्थानीय तहको कर्मचारी भएर काम गरिरहेकोले देश प्रथम पटक संघीय अभ्यासमा भएको बर्तमान समयमा सरकारी जागिर कतिको सजिलो वा गाह्रो छ ? साथै स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधीबिच काम गर्न कतिको तालमेल छ भन्ने विषय बारे उनीसंग वीरगंज सिटीको लागी बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंश :

१) सरकारी जागिरमा आबद्ध हुन यहाँलाई के कस्तो समस्या तथा चुनौतीको सामना गर्नु प¥यो ?

पहिलो कुरा सरकारी जागिर लोक सेवाको तयारी गरेपछि पाइन्छ भने कुरा नै मलाई थाहा थिएन । मैले बी.एस.सी. पहिलो वर्ष पढ्दा यो कुरा जानकारी थिएन । मेरो एउटा साथी जो मसंगै पढ्दै थियो, उसले सरकारी जागिर पाएपछि बल्ल मलाई थाहा भयो कि सरकारी जागिरको लागी लोकसेव पनि बढ्नु पर्ने आवश्क छ ।

त्यती खेर मलाई खासै समस्या थिएन, तर मुख्य कुरा के थियो भने जागिर नखाएका साथीहरुसंग भेट्दा के सुनिनथ्यो भने सरकारी जागिर खान त्यति सजिलो छैन । धेरै तयारी गर्नुपर्छ,, रातदिन पढ्नु पर्छ अनि मात्र जागिर हुने सम्भावना हुन्छ भनेर मनोबल कमजोर पार्थे । तर लोक सेवाा उतिर्ण गरि जागिर खाएका विद्यार्थीहरुसंग भेट हुँदै जादा निरन्तर धैर्यताका साथ लगनशिल भएर बढियो भने लोक सेवामा नाम निस्किन्छ भने बारे उनीहरुबाटै थाहा पाए । अनि त्यपछि मैले पनि तयारी गर्न थाले ।

२) लोक सेवा आयोगबाट पास गरी सरकारी जागिर खान कतिको सजिलो वा गाह्रो छ ?

सजिल्लो र गाह्रो भन्ने कुरा लोकसेवामा कतिको प्रतिस्पर्धी छन् भने कुरामा भर पर्छ । पास गरेर मात्र हुदैन । प्रतिस्पर्धामा पनि उत्रिनु पर्छ । बढि प्रतिस्पर्धी भएको ठाउँमा अलि गाह्रोे हुन सक्छ । तर अहिले साधारण खाले बिधार्थीले निरन्तर रुपमा मेहेन्त गरे भने सजिलैसंग नाम निकाल्न सक्छन् । हामी तयारी गर्दैनौ, अनि गाह्रो छ भनेर बसेका हुन्छौ, भने गाह्रो त भई नै हाल्यो नि ! तसर्थः निरन्तर लगनशिल भई ६ महिना तयारी गरियो भने पुग्दछ, जागिर खान सकिन्छ । तयारी ग¥यो भने लोक सेवा पास गर्न गाह्रो छैन ।

३) यसको लागी कति घण्टा र कसरी पढ्नु पर्छ ?

निरन्तर रुपमा दिनको ४ घण्टासम्म Syllabus Oriented भएर पढियो भने राम्रो गर्न सकिन्छ । I.Q र G.Q को लागी अलि खोज मुलक तरिकाले पढ्नु पर्ने हुन्छ । जस्तैः गुगल, फेसबुकबाट केही शिर्षक बारे सर्च गरि गहिरो अध्ययनको आवश्यकता पर्दछ र आफैले खोजेको विषय पनि लामो समयसम्म याद रहिरहन्छ । त्यस्तै हरेक शिर्षकको आफैले नोट बनाएर पढ्यौ भने परिक्षाको समयमा सबै शिर्षक राम्रोसंग पुनः अध्ययन गर्न सजिलो हुन्छ ।

४) सरकारी स्कुलमा खासै राम्रो पढाई हुदैन भने आम धारणा छ, तपाई कसरी लोक सेवा पास गर्न सक्ष्म हुनु भयो ?

छैन, सरकारी होस वा प्राईवेट पढ्ने बिधार्थीले जहाँबाट पनि पढ्न सक्छ । सरकारी बिद्यालयबाट पढ्ेका बिधार्थीहरु मेडिकल, इन्जिनियरिङ्ग, डक्डरी सबै क्षेत्रमा टप गरेको कुरा सुनेकै छौ नि । म मेडियम खाले बिधार्थी थिए । तयारी गरिदै जाँदा पढाई पुग्यो र नाम निकाल्न सफल भए ।

५) अहिले लोक सेवा आयोगमा सोर्स फोर्स लगाउनु पर्छ कि पर्दैनन् जस्तो यहाँलाई लाग्छ ?

अहिले लोक सेवा आयोगमा सोर्सफोर्सको कुरै छैन । हेर्नुस् न, अहिले साधारण घरपरिवारबाट आएका बिधार्थीहरु नै बढि मात्रामा जागिर लिईरहेका छन् । यो अवस्था हेरेर मलाई लाग्दैन कि सोर्सफोर्सको कुरा छ ।

६) लोक सेवा आयोग पास गरी सकेपछि स्थानीय तहमा काम गर्ने बातावारण कतिको छ ?

स्थानीय तहमा अहिले काम गर्न अलि गाह्रो नै छ । किन भने जनप्रतिनीधिहरु खर्र्च गरी जितेर आएका छन् । चुनावमा खर्च गरेका पैसा निकाल्न अहिलेदेखी नै दबाब बनाएका छन् । प्रायःले नियम कानुनको अध्धयन नै नगरि हँचुवाको तालमा काम गर्न कर्मचारीमाथि दबाब दिइरहेका छन् ।

७) स्थानीय तहमा प्रशासकीय अधिकृत र जनप्रतिनिधीको तालमेल नहुँदा तल्लो तहका कर्मचारीलाई काम गर्न कतिको गाह्रो छ ?

जनप्रतिनिधीलाई आफूले भनेको जस्तो काम गर्न कर्मचारी चाहियो । चाहे त्यो नियमसंगत होस् वा नहोस्, तर कर्मचारीले त नियम काुननको परिधि भित्र रहेर नै काम गर्नुपर्छ नि । यही कुरामा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत अथवा कर्मचारी र जनप्रतिनिधीको बिच विवाद भईरहेको अवस्था करिब सबै स्थानीय तहमा रहेको छ । यसबाट स्थानीय तहको विकासमा प्रत्यक्ष असर परेको छ । अहिले त मेयर तथा अध्यक्षको नजिकको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने होड नै चलेको छ । आफ्नो नजिकको मान्छे प्रमुख प्रशासकीय अधिकृत भयो भने आफूले चाहेको जस्तो काम गराउन सकिन्छ भने तर्फ सबै लागेका छन् ।