आज:  | Tue, 20, Oct, 2020

कोरोना भाइरससंगको लडाईमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता

बिरगंज सिटी ७ चैत्र २०७६, शुक्रबार ०७:५१मा प्रकाशित (७ महिना अघि) १४२१८ पाठक संख्या

चैत्र ७ वीरगंज/ कोरोनासंगको लडाईमा रोग प्रतिरोधात्मक क्षमता बढाउने ६ अचुक उपाय !
विश्वभरीमा कोरोनाको संक्रमण बढेसंगै हामी बिरामी परेको खण्डमा कसरी जोखिम कम गर्ने र आफ्नो देखभाल गर्ने बारे सुनिरहेका छौं, जुन कोरोना संक्रमणबाट बच्नको लागि महत्वपूर्ण सुझावहरु हुन, तर कोरोना भाइसरको प्रभावमा परेको बेला भाइसरसंग प्रभावकारी तरिकाले लडनको लागी आवश्यक हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने उपायहरुका बारेमा धेरै कमै सुन्न पाउने गरेका छौ ।

हाम्रो शरीरको लागि प्रतिरक्षा प्रणालीमा बिरामी र भाइरस बिरुद्ध लडन डिजाइन गरिएको छ । तर दुर्भाग्यवस, उक्त रोग प्रतिरक्षा प्रणाली आधुनिक जीवन शैली जस्तै अत्याधिक तनाव, विषाक्त, हावापानी, अस्वस्थकर खाना तथा शारीरिक व्यामको कमीले थकित तथा कमजोर हुन सक्छ । जसले हाम्रो शरीरलाई रोग बिरुद्ध लडनबाट रोक्छ । कोरोना भाइरस निरन्तर बढ्दै गरेको प्रसारसंगै शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन पहिलेको भन्दा अतिआवश्यक देखिन्छ । जुन हामी आफ्नो अत्याधुनिक जीवनशैलीमा केही परिवर्तन गरेर प्राप्त गर्न सक्छौ ।

यहाँ कोरोना भाइरससंगको लडाईको तयारीमा तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागी ६ वटा अचुक उपायहरु छन् :

१) मानसिक तनाव कम गर्न : जब हामी तनावग्रस्त हुन्छौ, त्यतिबेला हाम्रो शरीरले धेरै हार्माेनहरु उत्पादन गर्दछ । जसले रोग प्रतिरक्षा प्रणालीलाई कमजोर पार्ने गर्दछ । यसैले रोग प्रतिरोध शक्ति बढाउन सबैभन्दा महत्वपूर्ण तरिकाले तनाव कम गर्नु हो । तनाव कम गर्न काम जीवनलाई सन्तुलित बनाउनु रोग होस जसको लागी आवश्यक भएमा विश्राम लिनुहोस् । केही शान्त वा अरामदायि तनाव कम गर्ने तन्त्र प्रयोग गर्नुहोस् ।

२) पर्याप्त निन्द्रा  : पर्याप्त निद्राको कमीले हाम्रो शरीरमा शारीरिक र मानसिक तनाव पैदा हुने गर्दछ, जसले हाम्रो रोग प्रतिराक्षा प्रणालीलाई कमजोर पार्ने गर्दछ । हाम्रो रोग प्रतिरक्षा प्रणालीको दैनिक पुनः निर्माणको लागि तथा उचित काम गर्नको पर्याप्त निद्रा अतिआवश्यक हुन्छ ।

३) प्रतिरोधा्रत्मक क्षमता बढाउने खानपान तथा उपभोग : शरीरको प्रतिरक्षा प्रणालीलाई सहयोग गर्न तथा बढाउनको लागि रोग प्रतिरक्षा प्रणालीलाई टेवा पु¥याउने खानेकुरा जस्तै फलहरु (सुन्तला, मौषमी इत्यादी) लहसुन, ब्रोकाउली, पालक खान सकिन्छ । यदि तपाईको पतिरक्षा प्रणाली पहिलादेखि नै कमजोर छ भने चिकित्सकको सल्लाह बमोजिम भिटामिन बी, भिटामिन सी, तथा जिंक जस्ता खनिज र भिटामिनहरु पुरकको रुपमा उपभोग गर्न सक्नुहुन्छ ।

४) सुजन कम गर्नुहोस : चिनी, प्रशोधित मासु, वसस्पति तेल र रक्सी जस्ता भडकाउ खानाहरुले रोग प्रतिरक्षा प्रणालीलाई व्यस्त राख्ने गर्दछन् जसको कारणले रोग प्रतिरक्षा प्रणालीले शरीरको अन्य समस्याहरुलाई समाधान बिना नै छोड्छ । त्यसैले यदि हामी स्वस्थय प्रतिरक्षा प्रणाली चान्छौ भने त्यसता भडकाउ खानेकुराहरुलाई आफ्नो जीवनशैलीबाट निस्कासित गर्नु पर्छ ।

५) व्यायाम : व्यायाम रोग प्रतिरोध क्षमता बढाउनको लागि एक उत्तम उपाय हो जसले शरीरको मेटाबोलिजमलाई बढाएर शक्ति प्रदान गर्दछ । जुन प्रतिरक्षा प्रणालीको आवश्यक पर्दछ संग संगै शरीरको हरेक कोषहरुमा अक्सिजनको प्रवाह गराएर प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । त्यसैले दैनिक व्यायाम गर्न जरुरी छ ।

६) बिषक्त पदार्थहरुबाट टाढा रहनुहोस् : विषक्त पद्धार्थहरु रोग प्रतिरक्षा प्रणालीका लागि हानिकारक हुन सक्छन् । उदहारणका लगि मोल्डबाट निस्कीने मायोटकसिन प्रतिरक्षा प्रणाली नष्ट गर्नको लागि एउटा कुख्यात विषाक्त हो । अन्य धेरै विषाक्त पदार्थहरुले रोग प्रतिरक्षा प्रणालीमा नाकारात्मक असर गर्ने गर्दछ । त्यसैले क्लोरिनयुक्त पिउने पानी, धुम्रपान, किटनाशक, सुगन्धित, हाईड्रोकार्बन, वायु, प्रदुषण तथा खाद्धय योजकहरुको जोखिमलाई कम गर्न सक्नु पर्दछ ।

यी उपायहरु अपनाएर हामी आफैलाई र हाम्रो प्रियजनहरुलाई कोरोना भाइरस बिरुद्धको लडाई तथा संक्रमणबाट हुने उल्लेखनीय पिडाबाट जोगाउन सक्छौ ।