आज:  | Thu, 22, Oct, 2020

वीरगंजमा फुटपाथका व्यापारीहरुलाई सांसद प्रदिप यादवले बाँडे माक्स र सेनिटाइजर

बिरगंज सिटी ९ चैत्र २०७६, आईतवार १०:५३मा प्रकाशित (७ महिना अघि) १५९८२ पाठक संख्या

चैत्र ९ वीरगंज/  पर्सा क्षेत्र नं. १ बाट निर्वाचित समाजवादी पार्टीका संघिय सांसद प्रदिप यादवले वीरगंजमा सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेका छन् ।
सांसद प्रदिप यादव आईतबार बिहानै स्वयम आफै पुगी वीरगंजको फूटपाथमा साग सब्जी बेची र दैनिकी अटो रिक्सा चलाई गुजारा गरिरहेका नागरिकलाई एक–एक पिस मास्क र एक–एक पिस सेनिटाइजर वितरण गरेका हुन ।

कोरोनाबाट बच्न मास्क प्रयोग गर्ने र सामान खरिद बिक्रि गर्दा, पैसा लिदा वा फिर्ता गर्दा सेनिटाइरजरको प्रयोग गर्न वीरगंजको माइस्थान तथा घण्टाघर क्षेत्रका फुटपाथका व्यपारीहरुलाई सांसद यादवले माक्स र सेनिटाइजर वितरण गरेका हुन् ।
बजारमा सर्जिक माक्सको हहाकार र सेनिटाइजरको अभाव भइरहेको बेला सांसद यादवद्वारा माक्स तथा सेनिटाइजर वितरणले रिक्सा चालक तथा सानो व्यापारीहरुलाई पनि राहत महशुस भएको तरकारी व्यवसायी तथा अटो–रिक्सा चालकले बताएका छन् ।

विभिन्न समुह बनाई २ हजार एक हजार पाँच सय सर्जिक माक्स र ५ सय सेनिटाइजर वितरण गरिएको छ ।

माक्स तथा सेनिटाइजर वितरण कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महमद अंसारी, प्रदेश सांसद जन्नत अंसारी, समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, वीरगंजम हानगर अध्यक्ष इशवर यादव लगायतको सहभागिता रहेको थियो ।