आज:  | Fri, 10, Jul, 2020

नारायणी अस्पताल कोभिड डेडिकेटेड अस्पताल घोषणा ।

बिरगंज सिटी १ बैशाख २०७७, सोमबार २२:१६मा प्रकाशित (२ महिना अघि) ९६१९ पाठक संख्या

बीरगन्ज, १ बैशाख । केन्द्र सरकारले अन्ततः बीरगन्जस्थित नारायणी अस्पताललाई लेबल २ कोभिड अस्पताल बनाएको छ । नारायणीलाई कोभिडका मध्यम र अति जटिल केश हेर्ने गरी कोभिड अस्पताल बनाएको हो । सरकारले सोमबार जारी गरेको कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहको अन्तरिम निर्दे्शिकासंगै आज प्रदेश सरकारले नरायणी अस्पताललाई RBT kits-1000, ppe-100 लगायत अन्य सामग्रीहरु दिएको छ ।

अब नारायणी अस्पतालले प्रेषण गरिएका वा पहिचान भएका मध्यम र अति जटिल केशहरुको उपचार र व्यवस्थापन गर्ने छ । साथै, बीरगन्जस्थित नेशनल मेडिकल कलेजलाई कोभिड क्लिनिक सन्चालन गर्ने अस्पतालको सूचीमा राखेको छ ।


नारायणी र नेशनलसहित सरकारले देश भरका एक सय ११ वटा सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य अस्पतालहरुलाई कोरोनाको उपचार गर्न भनेको छ । जसमा २५ वटा हब अस्पताल तोकिएका छन् भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकीले ज्वरो क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन् ।

साथै, निर्दे्शिकामा कोरोना संक्रमणबाहेक अन्य बिरामीको उपचारमा लापरवाही र कमजोरी हुन नदिन अस्पतालहरुलाई निर्देशन दिइएको छ । कोभिड १९ बाहेक अन्य स्वास्थ्य सेवाहरुलाई निरन्तरता दिनुपर्ने र कुनै पनि बिरामीको उपचार पाउने अधिकार खोसिए सम्बन्धित स्वास्थ्य संस्थामाथि कारवाही हुने निर्दे्शिका उल्लेख छ । साथै, अस्पतालहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा र एम्बुलेन्ससहित स्वास्थ्य व्यवस्थापनका पक्षहरु सञ्चालन गर्न पनि निर्देशन दिइएको छ ।

यस्तै, कोभिड सन्दर्भमा सबै तहका स्वास्थ्य संस्थाको सेवा प्रकार छ्ट्याउदैं सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र प्राथमिक अस्पतालहरुलाई आधारभूत परामर्श दिन भनिएको छ ।

जिल्लास्थित प्रादेशिक अस्पताल र ज्वरो क्लिनिक सञ्चालन गर्ने अस्पतालले आइसोलेशन, नमूना संकलन तथा नमूना सम्बन्धित प्रयोगशालामा पठाउनुपर्नेछ । सबै तहका स्वास्थ्य केन्द्र र अस्पतालहरुमा जनशक्ति नपुगेकाले सरकारको छात्रवृत्तिमा एमडी गरिरहेका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई परिचालन गरिने छ ।

। साभार – यात्राडेली ।