आज:  | Fri, 10, Jul, 2020

नेपालमा कोरोना संक्रमित को संख्या ३०, एकै दिन थपिए १४ नयाँ संक्रमित

बिरगंज सिटी ५ बैशाख २०७७, शुक्रबार २१:२९मा प्रकाशित (२ महिना अघि) १७८६ पाठक संख्या

बिरगंज,बैशाख ५ /शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनमा २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बेलायतबाट हङकङ हुँदै नेपाल आएका चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ भने उदयपुरमा १२ जनामा कोरोना भाईरसको संक्रमण देखिएकोहरु भारतीय रहेको कुरा बाहिर आएको छ | बुधबार नै १६ जनाकै स्वाब परीक्षण गर्नको लागि कोसी अस्पतालमा रहेको प्रयोगशाला पठाइएको थियो जस मध्धे १२ जना संक्रमित रहेको पुस्टि भएको स्वस्थ तथा जनसंख्या मन्त्रालयले जारि गरेको सुचना बाट खुल्न आएको छ | यस साथै नेपाल मा एकै दिन मा १४ जना नया संक्रमित थपिए पछि कुल संख्या ३० पुगेको छ |