आज:  | Thu, 13, Aug, 2020

निर्वाचन आयोगमा ‘‘जनता समाजवादी पार्टी’’ भयो दर्ता

बिरगंज सिटी ११ बैशाख २०७७, बिहीबार १२:११मा प्रकाशित (३ महिना अघि) २५६३ पाठक संख्या

बैशाख ११ काठमान्डौं/  राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

हिजो राती दुबै पार्टीबिच एकता भएको थियो । एकता भएपछि दुबै पार्टीका नेता आज निर्वाचन आयोग पुगी जनता समाजवादी पार्टी दर्ता गराएका हुन ।

समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएर बनेको नयाँ दल ११८८ नम्बरमा दर्ता भएको नेता एंव सांसद राजेन्द्र महतोले जानकारी दिए ।

महतोले दल दर्ता भइसकेको र आवश्यक कागजात लकडाउन पछाडि बुझाउने सहमति बनेको जानकारी दिए ।