आज:  | Sat, 24, Oct, 2020

कोरोनासँग लड्न खानुहोस् यी भिटामिन, जस्ले प्रतिरोधात्मक शक्ति बढाउँछ र संक्रमण हनुबाट बचाउँछ

बिरगंज सिटी २२ बैशाख २०७७, सोमबार १५:४७मा प्रकाशित (५ महिना अघि) ८६३२ पाठक संख्या

बैशाख २२ वीरगंज/ व्रिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले निमत्याएको वर्तमान परिस्थितमा मानिसले ज्यान गुमाउने अवस्था सृजना भएको छ ।

यसरी कोरोनाले मृत्यु हुने त्राास विश्वभर नै बढिरहदाँ यसबाट कसरी बच्ने भने अनेकौं उपायहरु अपनाईने गरिएको छ । यसबाट बच्न कोही मास्क, साबुन, पञ्जा,स्यानिटाईजर लगायत अनेकौ उपाई अपनाई यसबाट बच्न सकिने अरु थप उपायहरुको पनि खोजिमा हरेको छन् ।

कोरोनाबाट बच्न समाजिक दुरी कायम राखी घरबाट ननिस्कने, निरन्तर २० सेकेन्डसम्म साबुन पानीले हात धुने, नाक तथा मुख नछुनु नै कोरोना भाइरसको विकपल्प रहेको बताईन्छ । तर यसका अलावा चिकित्सकहरु शरीरमा प्रतिरोधात्मक शक्ति बढाउन यी तीन प्रकारका भिटामिनले मानिसको शरीरमा प्रतिराधि क्षमताको विकास हुने पोषण तथा स्वास्थ्य विज्ञहरु बताउँछन् । बिज्ञका अनुसार शरीरमा प्रतिराधि क्षमताको विकासको विकास भएपछि यसले संक्रमण हुनबाट बचाउँछ :

१. भिटामिन सी( चिकित्सकका अनुसार भिटामिन सीले इम्यून सिस्टमको विकास गर्दछ । अर्थात भिटामिन सीको अभाव भएमा शरीरमा कैयौं प्रकारको रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले भिटामिन सी प्राप्त गर्न सुन्तला, मौसमी, स्ट्रबेरी, पालुगों र ब्रोकाउली सेवन गर्नुपर्दछ ।

२. भिटामिन बी–६ शरीरमा इम्यून सिस्टम तन्दुरुस्त राख्न भिटामिन बी ६ को सेवन अनिवार्य छ । भिटामिन बी६मा समावेश हुने कैयौं प्रकारका बायोकेमिकल रियाक्सनले इम्यूनिटीको विकास गर्दछ । भिटामिन बी ६ का प्राप्त गर्न माछामासु र अण्डाको सेवन गर्नुपर्दछ । यस अलावा सोयाबीन, चना, दूध र आलूमा पनि भिटामिन बी ६ पाउन सकिन्छ ।

३. भिटामिन ई– शरीरमा कुनै पनि रोगको संक्रमण नहोस् भन्नका लागी शरीरमा भिटामिन ई हुनु अति आवश्यक छ । भिटामिन ईमा समावेश हुने एन्टिअक्सीडेन्ट्सले शरीरलाई इन्फेक्सनमा लड्न शक्ति प्रदान गर्छ । ओख्खर, बदाम र पालुगों सहित ब्रोकाउलीबाट पनि भिटामिन ई पाउन सकिन्छ ।

४. अमिला फलफूल अधिकतम रोगमा चिकित्सकले बिरामीलाई सिट्रस फ्रूट्स अर्थात अमिला फलफूल खाने सल्लाह दिन्छन् । सिट्रस फ्रूट्सहरुमा अंगुर, सुन्तला, निमुबा, कागती, सरिफा लगायतका फल पर्दछन् । इम्यूनिटी बढाउनका लागी मानिसलाई सिट्रस फ्रुट्स आवश्यक पर्दछ ।

५. अदुवा (अदुवामा कैयौं प्रकारका एन्टी भाइरल तत्व पाइन्छ । त्यसैले आफ्नो खानपानमा अदुवाको समावेश गर्नु लाभदायक हुन्छ । सौप वा महका साथमा अदुवा खादाँ यसबाट बढि लाभ पाउन सकिन्छ । दैनिक ३र४ पटक अदुवाको सेवन गरेमा यसले इम्यून सिस्टम राम्रो बनाउँछ ।