आज:  | Fri, 10, Jul, 2020

आफ्नो क्षेत्रको प्रत्येक स्वास्थय चौकीमा स्वास्थय सामग्री वितरण गर्दै सांसद प्रदीप यादव

बिरगंज सिटी २४ बैशाख २०७७, बुधबार १५:४४मा प्रकाशित (२ महिना अघि) ५२७२ पाठक संख्या

बैशाख २४ वीरगंज/ पर्सा क्षेत्र नं. १ बाट निर्वाचित तत्कालिन समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादवले आफ्नो क्षेत्रको प्रत्येक स्वस्थय चौकीमा ज्वरो नाप्ने मेसिन, मास्क, ग्लबस् तथा पिपिई सेट वितरण गर्ने कार्यलाई सुरु गरेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले वीरगंजबासी जोखिममा नपरुन भने उदेश्यका साथ सांसद प्रदीप यादवले आज पर्सा क्षेत्र नं. १ मा पर्ने वीरगंज महामनगरपालिका वडा नं. १२ र १४ स्थित रहेको स्वास्थय चौकीमा ज्वरो नाप्ने मेसिन, मास्क, ग्लबस् तथा पिपिई सेट जस्ता स्वास्थय सामग्री वितरण गरेका हुन् ।

सांसद यादवको संसदीय निर्वाचन क्षेत्रमा पर्ने प्रत्येक स्वास्थय चौकीमा कोरोना बिरुद्ध लड्न सकिने सामग्री वितरण कार्य आजबाट सुरु गरिएको छ ।

कोरोना जस्तो भ्यावह महामारीबाट सबै जनता सचेत र सतर्क भई सरकारले जारी गरेको नियमको पालन गरि आफू, आफ्नो परिवार, समुदाय र राष्ट्रको सुरक्षाका निमित सहयोग पु¥याउन सकिने उदेश्यले क्षेत्र नं. १ को प्रत्येक स्वास्थय चौकीमा कोरोना विरुद्ध लड्न सकिने सामग्री वितरण गर्न लागेको बताए ।

उनले कोरोना भाइरसको महामारीलाई फैलिन नदिन प्रत्येक नागरिकको दायित्व र कर्तव्य रहेकोले कोरोना बिरुद्धको लडाईमा आवश्यक पर्ने हरेक सुरक्षाका निम्ति आफू रातदिन जनताको साथमा रहने आह्वान गरे ।

कोरोना भाइरसको महामारी अहिले विश्वभरी नै उग्र रुप लिइसकेकोले आफ्नो देश र जनताको सुरक्षा गर्नु हामी सबैको दायित्व र कर्तव्य रहेको बताउँदै उनले कोरोना बिरुद्धको लडाईमा सबै आम जनता चेतनशिल भई आ–आफ्नो ठाउँबाटै कोरोना संक्रमणलाई फैलिन नदिन सजगता अपनाउनु पर्ने बेला आएको बताए ।

स्वास्थय सामग्री वितरण कार्यक्रममा सांसद यादवसंगै तत्कालिन समाजवादी वीरगंज महानगर कमिटि अध्यक्ष इश्वरचन्द्र यादव, अस्पतालका स्वास्थकर्मी लगायतको सहभागीता रहेको थियो ।