१ मानिसको सबैभन्दा ठुलो सम्पति भनेको उसको स्वास्थ्य हो ।
२ तिमीले आफ्नो मायाको सबैभन्दा लायक व्याक्ति र तिमीलाइ सबैभन्दन बुझ्ने व्याक्ति खोजीरहेका छौँ भने त्यो व्याक्ति तिमीले भेट्नेछैनौँ । किनकी त्यो व्याक्ति त तिमी आफै हौँ । आफुलाइ माया गर, आफुलाइ बुझँ ।
३ शान्ती खोज्दै नहिड । शान्ती तिम्रो भित्री मनमा खोज ।
४ तिमी रिसाएका कारण सजाय पाउँदैनौँ । तिम्रो रिसले नै तिमीलाइ सजाय दिन्छ ।
५ हरेक कुरामा प्रश्न गर । आफ्नो लागी उज्यालो तिमी आफै खोज ।
६ पानीको थोपा थोपा सँगालेर जग भरिएको हुन्छ ।
७ असफलता भनेको त्यो हो, जब तिमीले त्यो कुरा थाहाँ भएर पनि त्यसमा काम गर्दैनौँ ।
८ आफ्नो राम्रो स्वास्थ्य चाहन्छौँ भने विगतलाइ सम्झेर नपछुताउ, भविष्यलाइ सम्झेर नअत्तालेउ र वर्तमानमा खुलेर बाँच ।
९ हाम्रो दिमाग नै सबैथोक हो । हामीले जे सोच्छौँ, हामी त्यही बन्छौँ ।
१० खराब साथी जङ्गली जनवार भन्दा पनि खतरनाक हुन्छ । जङ्गली जनवारले तिम्रो शरीरमा आक्रमण गरेर घाउँ बनाइदिन्छ, तर खराब साथीले तिम्रो दिमागमा आक्रमण गरेर घाउँ बनाइदिन्छ ।
११ कसैप्रति रिस र बदलाको भाव लिएर बस्नु भनेको अरूतिर फ्याक्नको लागी आगोको अगुल्टो आफ्नो हातमा लिएर हिड्नु हो । त्यसले तिमी आफैलाइ जलाइरहेको हुन्छ ।
१२ अरूलाइ चिन्र सक्नु भनेको बुद्दि हो । आफुलाइ चिन्रु भनेको ज्ञानको ज्वती हो ।
१३ हामीलाइ अरू कसैले बचाउन सक्दैन । हाम्रो जिवन हाम्रो आफ्नै सोच र व्यवहारमा भर पर्छ ।
१४ अरूको क्षमता या प्रगति देखेर डाहाँ नगर । अरूका राम्रा गुणलाइ प्रशँसा गर्दै अनुकरण गर र आफ्नो क्षमतालाइ चिनेर अगाडी बढ।
१५ जुन कुरालाइ तिमीले आफ्नो भनेर बाध्न खोज्छौँ, त्यही कुराले तिमीलाइ सबैभन्दा बढी चोट दिन्छ । यदी कुनै कुरालाइ माया गर्छौँ भने उसलाइ स्वतन्त्र छोडिदेउ ।