जेठ ५ काठमाडौं/ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४८ कटेको छ ।
पछिल्लो तथ्यांक अनुसार, ४८ लाख १ हजार ६ सय १६ जना संक्रमितमध्ये ३ लाख १६ हजार ६ सय ६७ जनाको मृत्यु भएको छ भने, १८ लाख ५८ हजार १सय ४९ जना निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमणबाट सर्बाधिक प्रभाव परेका मुलुकहरुः
१. अमेरिकामा १५ लाख २७ हजार ६ सय ६४ जना कुल संक्रमित रहेका छन् । जसमध्ये ९०,९७८ जनाको ज्यान गएको छ ।
२. रुसीयामा २ लाख ८१ हजार ७ सय ५२ जना कुल संक्रमितको रहेका छन् । २,६३१ जनाको मृत्यु भएको छ ।
३. स्पेनमा २ लाख ७७ हजार ७ सय १९ जना कुल संक्रमितको रहेका छन् । जसमध्ये २७,६५० जनाको मृत्यु भएको छ ।
४. युकेमा २ लाख ४३ हजार ६ सय ९५ जना कुल संक्रमित रहेका छन् । जसमध्ये ३४,६३६ जनाको मृत्यु भएको छ ।
५. ब्राजिलमा २ लाख ४१ हजार ८० जना कुल संक्रमित रहेका छन् । जसमध्ये १६,११८ जनाको मृत्यु भएको छ ।