आज:  | Fri, 10, Jul, 2020

बजार नपाएपछि तरकारी फाल्दै किसान, ऋणमा डुब्दै कृषि प्रधान देशका कृष्क

बिरगंज सिटी ७ जेष्ठ २०७७, बुधबार १७:१९मा प्रकाशित (१ महिना अघि) २२८४९ पाठक संख्या

–बलिराम यादव —
जेठ ७ वीरगंज/ पर्सामा उत्पादित तरकारी बिक्रि वितरण गर्न बजार नपाएपछि यतिबेला किसान बाटोमै तरकारी फाल्ने गरेका छन् । लामो समयदेखि जारी लकडाउनका कारण कृषि प्रधान देश भनिएका कृष्क ऋणमा डुब्दै गईरहेका छन् ।

पर्साको ग्रामिण भेगका उत्पादित तरकारी बिक्रि वितरण हुन नसक्दा किसानले उत्पादन गरेको तकारी बाटोमै फाल्ने अवस्था सृजना भएको छ । विश्वमारीको रुप लिएको कोरोना भाइरसले लामो समयदेखि जारी लडकडाउनमा किसानको उत्पादित हरियो तरकारी स्थानीय गाउँठाउँमा बिक्रि बितरण हुन नसकेपछि अहिले भने किसान आतिएर उत्पादित तरकारी खेतमै फाल्ने गरेका छन् ।

झण्डै दुई महिनादेखिको लामो बन्दाबन्दीको कारण पर्साको बहुदरमाई नगरपालिकामा उत्पादित तरकारीले बजार पाउँन नसक्दा किसान मर्कामा परेका छन् । लकडाउनमा कृष्कले उत्पादन गरेको तरकारी सहज बजार पाउँन नसकेपछि खेती गर्न किसानले लगाएको लगानी समेत उठ्न छोडेको छ । यसतो अवस्थामा केही किसानले विभिन्न गाउँमा लगेर एकदमै न्यून मूल्यमा बिक्रि वितरण गरे पनि उत्पादित जतिको तरकारी बिक्रि वितरण हुन नसकेपछि अहिलेको सिजनमा उत्पादित बोडी, भिन्डी, करैला, लौका र घिउँडा किसानले स्थानीय पैनी, नहर र खेतमै फाल्ने गरेका छन् ।


बन्दाबन्दीका कारण बहुदरमाई नगरपालिकामा उत्पादित बोडी, भिन्डी, करैला, घिउँडा लगायतका हरियो तरकारी थोक बजारमा बिक्रि वितरण गर्न ल्याउन नसकि खेतमै फालाफाल हुने भएको छ ।

तरकारी खेतीको हब रहेको बहुदरमाई नगरपालिकामा प्रायः किसानले व्यावसायी खेती गरेका छन् भने कतिपयले आफू खानका लागि आफ्नै बारीमा हरियो तरकारी लगाएका छन् । तर यहाँका अधिकांश मानिसको पेशा भनेको तरकारी खेती नै रहेको छ ।

लकडाउनले उत्पादित तरकारी कृष्कले गाउँमा ल्याएर बिक्रिवितरण गरे पनि त्यहाँ प्रायः सबै घरपरिवारलाई हरियो तरकारी पर्याप्त भएकोले व्यवसायीक खेती गरेका कृष्कको तरकारी बिक्रि वितरण हुन सकिरहेको छैन् । गाउँमा बिक्रि वितरण गर्न जाँदा पनि बोडी भिन्डी, करैला, काक्रो लगाायतका तरकारी प्रति केजी रु ५ को दरले पनि बिक्रि हुन नसकी लगानीसमेत निस्किन नभएपछि रिस्वीले कतिपय कृष्क बाटोमै तरकारी फालेर जाने गरेको वहुदरमाई–१ का स्थानीय युवा सुखाडी यादवले बताए । उनले भने,‘‘किसानको उत्पादित तरकारी बाहिर नगएर नगरभित्रै घुमाएर बिक्रि गर्नु परिरहेकोले प्रायः सबैसंग तरकारी पर्याप्त नै रहेकोले कतिपय कृष्क बाध्य भएर उत्पादन गरेको तरकारी बाली गाई, भैसी तथा बाख्राहरुलाई खुवाउने गरेका छन् ।’’

मंगलबार(हिजो) मात्रै फुलकौल र भौराटारका एक/एक जना कृष्कले दिनभरी आसेपासका विभिन्न गाउँमा घुमाएर तरकारी बेचे, तर साझसम्म पनि उनीहरुको तरकारी बिक्रि वितरण हुन नसक्दा बिश्रामपुर–फूलकौलको बिचमा पर्ने ढोङ्गही नदी र एक नहर(पैनी)मा लगभग १ क्विन्टल जति बोडी, करैला र भिन्डी फालेर गएको बिश्रामपुरका स्थानीय बृजेश यादवले बताए ।

‘‘पछिल्लो समय लकडाउनमा पनि काठमान्डौंबाट गाडी लिएर आएका व्यापारी यहाँको उत्पादित तरकारी खरिद गर्ने गरेका थिए, तर आजकाल उनीहरु पनि आउँन छोडेपछि अहिले खेतमा लटरम फलेको तरकारी बालीले लगानीको कुरै छोडौं, दैनिक मजदुरी समेत निकाल्न सकिने अवस्था छैन्, बहुदरमाई–१ कै स्थानीय किसान सफोदिन मियाँले बताए ।’’

यसरी लम्बिदै गरेको लकडाउनले उत्पादित तरकारी बिक्रि वितरण हुन नसकी र केही बिक्रि भएको तरकरीले पनि लगानीमात्रै होइन, दैनिकी मजदुरी पनि निस्किन नसकी आर्थिक अभावले अधिकांश किसानलाई घरपरिवारको छाक टार्न समेत अफ्टयारो भईसकेको बहुदरमाई–५ का अर्का किसान बिन्देशरी ठाकुरले बताए ।

यो नगरापालिकामा उत्पादन भएको तरकारीले स्थानीय बजार छेकी सदरमुकाम वीरगंज र त्यसबाहेक देशको विभिन्न ठाउँमा जाने गथ्र्र्याै । लकडाउनले स्थानीय बजार लाग्न छोडेपछि गाउँघरमै राखेर केही तरकारी बिक्रि वितरण गरिरहे पनि बाहिरबाट तरकारी खरिद गर्न आउने व्यापारीहरु अहिले आउन छाडेपछि आफ्नो मेहेन्त भन्दा पनि खेती गर्न लिएको ऋण र व्यवसायिक खेतीबाटै पाल्दै आएको परिवार अब कसरी चलाउने चिन्ताले सतार्ईरहेको बहुदरमाई–७ का किसान देवपुजन कुशवाहाले दुखेसो पोखे ।


‘‘उत्पादित तरकारी बित्रि वितरण गर्न मात्रै समस्या छैन, अहिले तरकारीमा लाग्ने गरेको विभिन्न किरा, रोगको विषादी तथा मल्ल किन्न पाएका छैनौं । यति मात्रै होइन, मलको खरिद गर्न चाहिने पैसा पनि छैनन् र लकडाउनमा उत्पादित तरकारीको भाउ नभएको र तरकारी खेतमै कुहिने अवस्था हेरेर आम्दानी नहुने भएपछि कसैले ऋण पनि दिईरहेको छैन्, उनले भने,’’।

पर्साका अधिकांश कृष्क ऋण लिएर तरकारी खेती गर्ने गरेकोले लामो समयदेखि जारी लकडाउनमा उत्पादित तरकारी बिक्रि वितरण गर्न नसकि खेतमै कुहिन थालेको छ । गाउँघरमा लगेर बेचे पनि मेहेन्त जतिको पनि आम्दनी नहुने अवस्था आएकोले अब खेती गर्न लिएको ऋण कसरी चुकाउने भन्ने चिनताले झन किसानलाई सताईरहेको गम्हिरीयाका किसान गया यादवले बताए ।

बहुदरमाई नगपरपालिकाको बिश्रामपुर, पटनी, भौराटार, फूलकौल, बहुअरी, गम्हरीया लगायतका पुरै गाउँ नै तरकारी खेतीको हब रहेको छ । अहिले पर्सा जिल्लामा कुल २ हजार हेक्टर क्षेत्रफल जग्गाामा तरकारी खेती भएको छ । जसमध्ये बहुदरमाई नगरपालिकामा मात्रै ५ सय हेक्टर क्षेत्रफल तरकारी खेती गरिएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए ।

उनले किसानले उत्पादन गरेको तरकारी बिक्रि वितरण गर्न सदरमुकामसम्म खुकुलो गरिएको बताए । किसानले सदरमुकामसंगै एक जिल्लाबाट अर्का जिल्लामा तरकारी लैजान सक्ने हुनु पथ्र्ययौ । तर यस्तो अवस्था छैन् । अर्थात सरकारले कृषिमा छुट दिएको भनाई छ तर गराईमा फरक देखिएको डा. यादवले बताए ।

सरकारले लकडाउनमा अनलाईनबाटै सेवा दिने भनेछ । तर यहाँका किसानहरु अहिले इन्टरनेटबाट जुटेका छैनन् र हाम्रो गाडी पनि जिल्ला प्रशासन कार्यालयले लिई सकेकोले हामी किसानको समस्या बुझ्न स्थानीय ठाउँमा पुग्न नसकेको डा. यादवको भनाई छ ।