आज:  | Fri, 10, Jul, 2020

सखुवा प्रसौनी गाउँपालिकाको दुई जनामा कोरोना संक्रमण पुष्टि

बिरगंज सिटी १७ जेष्ठ २०७७, शनिबार १३:४७मा प्रकाशित (१ महिना अघि) १७२३ पाठक संख्या

जेठ १७ वीरगंज/ पर्सामा शनिबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सखुवा प्रसौनी गाउँपालिका–१ का एक जना महिला र वडा नं. २ का एक युवकमा कोरोना पुष्टि भएको हो ।

संक्रमित दुबै जना केही दिन अघि भा।तबाट आई गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमित देखिएका दुई जनामध्ये एक ६० वर्षीय महिला हुन भने अर्काे १८ वर्षीय युवक हुन ।

संक्रमित दुवै जनालाई एम्बुलेन्समा राखेर वीरगन्जको गण्डक अस्थायी कोभिड–१९ अस्पतालमा ल्याइएको छ।