आज:  | Fri, 10, Jul, 2020

प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना पुष्टि

बिरगंज सिटी १८ जेष्ठ २०७७, आईतवार १४:११मा प्रकाशित (१ महिना अघि) २३३२ पाठक संख्या

जेठ १८ वीरगंज/  आईतबार बिहान मात्रै प्रदेश २ को ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा रौतहटको दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० जना र गौर क्वारेन्टाइनका ११ जना गरी २९ जना रहेका छन् भने धनुषाको मुखियापट्टी मुसहरनिय क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एक जना गणेशमान चारनाथ नगरपालिकाका गरी २१ जना रहेका छन् ।

त्यसैगरी सर्लाहीमाको हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टाइनका  ३ जना गरी १० जना रहेका छन् ।

यसरी प्रदेश २ को रौतहट, धनुषा र सर्लाही गरी क्रमशः २९, २१ र १० जना संक्रमित गरी जम्मा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित देखिएका यी सबै स्ववब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।