आज:  | Fri, 10, Jul, 2020

कोरोना भाइरससंग लडन प्रदेश सरकारद्वारा नारायणी अस्पताललाई ३ करोड ९ लाख ५० हजार रकम

बिरगंज सिटी १९ जेष्ठ २०७७, सोमबार ००:३६मा प्रकाशित (१ महिना अघि) १३४५ पाठक संख्या

जेठ १९ वीरगंज/  प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि हालसम्म विभिन्न अस्पताललाई आठ करोड २३ लाख २५ हजार रकम उपलब्ध गराएको छ। प्रदेश सरकारले पछिल्लो चरणमा मात्र विभिन्न अस्पताललको लागि ५ करोड १३ लाख ७५ हजार निकासा गरेको हो।

पछिल्लो चरणमा कोरोना भारइस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट रकम पठाएको अस्पतालहरुमा पर्साको पोखरिया अस्पताललाई औजार उपकरण खरिदमा १० लाख, जनशक्ति व्यवस्थापनमा १० लाख, कोभिड(१९ संक्रमित व्यक्तिहरु एवं स्वास्थ्यकर्मीका लागि खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, औषधि खरिदमा ५ लाख र खानेपानी व्यवस्थापनमा २ लाख गरी कुल ३७ लाख उपलब्ध गराएको छ।

यस्तै सर्लाहीको मलंगवा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि खरिदतर्फ ५ लाख, जनशक्ति व्यवस्थापनका लागि १० लाख, खाजा, खाना एवम् पानी व्यवस्थापन गर्न १० लाख, मेशिनरी औजार उपकरण खरिका लागि २ लाख, बेड तथा फर्निचर व्यवस्थाका लागि ५ लाख, क्वारेन्टाइन बास खर्च ४ लाख, कार्यालय सामग्री र ईन्धनका लागि १–१ लाख, सवारी साधन भाडामा लिन १ लाख, आइसोलेशन भवन मर्मतका लागि १ लाख, संचार महसुल २५ हजार र पानी तथा विद्युत महसुल ५० हजार गरी जम्मा रु ४०, ७५,००० (चालीस लाख पचहत्तर हजार) पठाएको छ।

त्यसैगरि रौतहटको गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालका लागि खाजा, खाना तथा पानी व्यवस्थातर्फ २५ लाख, औषधि खरिदका लागि ५ लाख, पानीको धारा एवं विद्युत महसुलमा ६ (छ) लाख, पीपीई र सेनीटाइजर आदि खरिदमा ४ लाख, मेसिनरी औजार मर्मतमा १ लाख ५० हजार, जनशक्ति व्यवस्थापनमा १० लाख, सरसफाईमा १ लाख ५० हजार र बेड सेट खरिदका लागि ३ लाख गरी कूल ५६ लाख रुपैयाँ पठाएको छ।

सिरहाको सिराहा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि एवं स्वास्थ्य सामग्री खरिदतर्फ १० लाख, अक्सिजन पाइपलाइन निर्माणका लागि १० लाख, सिसिटीभि एवं मेशिनरी औजार खरिदका लागि ५ लाख, बेड सेट एवं फर्निचर खरिदका लागि रु ५ लाख, क्वारेन्टाइन बास खर्चका लागि ५ लाख, खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, आइसोलेशन कक्ष निर्माणका लागि आवश्यक भौतिक पुर्बाधार विकासतर्फ १० लाख गरी कुल ६५ लाख दिएको छ।

सप्तरीको भारदह अस्पतालमा प्रिफ्याब भवन निर्माणका लागि १ करोड ७५ लाख, फर्निचर फिक्सचरतर्फ २५ लाख, शौचालय निर्माणतर्फ २५ लाख, अस्पताल रंगरोगनका लागि १० लाख, ल्याब सेटअपका लागि ५० लाख र इलेक्ट्रिफिकेशन, प्लम्बिंग तर्फ ५ लाख गरी कुल २ करोड ९० हजार रुपैयाँ पठाइएको छ।

त्यसतै सप्तरीकै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल मातहत रहेको साईकृष्ण मेडिकल कलेज कोभिड १९ लेभल १ अस्पताल मा आइसोलेसन कक्ष निर्माण गर्न नेपाली सेनाको भिमदल गणलाई २५ लाख रुपैया उपलब्ध गराइएको छ।
रकम पठाइएको अस्पतालमा पर्साको पोखरिया र सप्तरीको भारदह अस्पताललाई प्रदेश सरकारले हालै ५० शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो।

प्रदेश सरकारले यसअघि उपचार कोषबाट गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताललाई १० लाख, सप्तरीको भारदह अस्पताललाई ३१ लाख, लहान अस्पताललाई १९ लाख ५० हजार, सिरहा अस्पताललाई १९ लाख ५० हजार, प्रादेशिक अस्पताल जनकपुरलाई ३१ लाख २५ हजार, जलेश्वर अस्पताललाई १९ लाख ५० हजार, मलंगवा अस्पताललाई १९ लाख ५० हजार, गौर अस्पताललाई १९ लाख ५० हजार दिइएको छ।

त्यस्तै कलैया अस्पताललाई ३१ लाख २५ हजार, पोखरिया अस्पताल पर्सालाई ३१ लाख २५ हजार र वीरगन्जस्थित नारायणी अस्पताललाई खाद्यान्नको लागि २५ लाख तथा पिसिआर मेसिन संचालनका लागि ५० लाख गरि तीन करोड ९ लाख, ५० हजार रकम उपलब्ध गराएको थियो। प्रदेश सरकारले उपचार कोषको अतिरिक्त समाजिक विकास मन्त्रालयको बजेटबाट समेत विभिन्न अस्पतालहरुलाई रकम उपलब्ध गराएको मुख्यमंत्री तथा मंत्रिपरिषदको कार्यालयले जनाएको छ।