आज:  | Fri, 10, Jul, 2020

नेपालमा थप ४८ जना भेटियो कोरोना संक्रमण, संक्रमित संख्या १६ सय १५ पुग्यो

बिरगंज सिटी १९ जेष्ठ २०७७, सोमबार १०:००मा प्रकाशित (१ महिना अघि) १८०७ पाठक संख्या

जेठ १९ वीरगंज/  नेपालमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्लाको भैरव नवदिप स्कुल छहराको क्वारेन्टीनमा रहेका १९, ३८ र ४० वर्षका पुरुष तथा रुपन्देहीको कोटहिमाईका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा १६ सय १५ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म २ सय २० जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्किसकेका छन् भने ८ जनाले ज्यान गुमाई सकेका छन् । अहिलेसम्म ६९ हजार ५ सय ८७ जनाको पीसीआर र १ लाख ११ हजार १ सय ९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।