आज:  | Fri, 10, Jul, 2020

थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १७ सय ९८ पुग्यो

बिरगंज सिटी १९ जेष्ठ २०७७, सोमबार १६:४०मा प्रकाशित (१ महिना अघि) २७७३ पाठक संख्या

जेठ १९ वीरगंज/  पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमित देखिएका मध्ये २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।