आज:  | Fri, 10, Jul, 2020

सखुवा प्रसौनी गापाको लखनपुरमा एक युवाको व्यक्तिगत लगानीमा नाला सफाई

बिरगंज सिटी १९ जेष्ठ २०७७, सोमबार १७:४६मा प्रकाशित (१ महिना अघि) ५४१९ पाठक संख्या

-बलिराम यादव-
जेष्ठ १९ वीरगंज/  पर्साको सखुवा प्रसौनी गाउँपालिका– ६ लखनपुरमा एक युवाको व्यक्तिगत लगानीमा ३ देखी ५ फिटसम्मको चौडाईमा रहेकोे २५० मिटर लामो नाला सरसफाई गरिएको छ ।

लखनपुरको स्थानीय जुमन मियाको घरदेखि एकबाली साहको घर सम्मको २५० मिटर लामो नाला स्थानीय शिव कुमार साहको ब्यक्तिगत लगानीमा सोमबार स्काभेटरबाट सरसफाई भएको छ ।

गतवर्षदेखी नै बर्षा हुँदा पानीले नाला, कुलो जाम भई पानी बग्न असजिलो भई केही स्थानीय नागरिकहरुको घर र खेत समेत डुबानमा पर्दै आए पनि सरोकारवालाहरुले ध्यान नदिई ढिला सुस्ति गरेकोले आफू बाध्य भएर नाला सरसफाइ गराएको साहले बताए ।

स्थानीय स्तरमा विभिन्न समस्या हुने हुँदा नागरिकको समस्या समाधानतिर सरोकारवालहरुको ध्यानाकर्षण होस भने उनले आग्रह पनि गरे ।

बर्षाको समय सुरु भएसंंगै पानीको निकास नहुँदा घर र खेतहरु डुबानमा परि विभिन्न बालिहरु क्षती हुन्थ्यो तर अब नाला सफाई भएसंगै ती समस्याबाट स्थानीयहरु छुटकारा पाएको वडा सदस्य धर्मराज साहले बताए ।

सफाई कार्यक्रममा जसपका नेता समेत रहेका शिव कुमार साहसंगै वडा सदस्य धर्मराज साह, स्थानीय हमिद मियाँ, रामबाबु साह, उमाशंकर राउत, ओम बहादुर पण्डित लगायतको सहभागित रहेको छन् ।