आज:  | Fri, 10, Jul, 2020

‘मानवलाई खाना खुवाउने’’ अभियान सातौ दिन पनि निरन्तर जारी

बिरगंज सिटी १९ जेष्ठ २०७७, सोमबार १८:०८मा प्रकाशित (१ महिना अघि) २६०५ पाठक संख्या

-बलिराम यादव-
जेठ १९ वीरगंज/ लकडाउनमा वीरगंजको बसपार्कस्थित केही दिनदेखी भोकभोकै बस्दै रहेका करिब ७०–८० जनालाई खाना खुवाउँदै आईरहेको पर्साका विभिन्न पुर्नस्थापना केन्द्रहरुले आज सातौ दिन पनि खाना खुवाउने कार्य निरन्तर जारी राखेका छन् ।

पुर्नस्थापना केन्द्रहरु राइजिङ नेपाल, निता फाउन्डेसन, बिस्वास, मुक्ति ब्लक बि, आस्था नेपाल र माया नेपालको सक्रिय सहभागीता र सहयोगमा वीरगंजको बसपार्कस्थित ‘‘मानवलाई खाना खुवाउने’’  अभियान  अन्तर्गत गरिब तथा विपन्न व्यक्तिहरुलाई खाना खुवाउने कार्य निरन्तर जारी रहेको छ ।

खाना खुवाउँदै आएको आज एक सप्ताह पुग्दासम्म सबै गरिब तथा विपन्न व्यक्तिलाई दिनहु बिहान र बेलुकाको खाना र दिउसो खाजा खुवाईको छ ।

विश्व महामारीको रुप लिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनमा दैनिक ज्यादारी गरी खाने गरिब तथा विपन्नहरुलाई खानाको समस्या भईरहेको बेला यी विभिन्न संस्थाका सहयोगी युवाहरुले निःशुल्क खाना खुवाउने कार्य गर्दै आईरहेका छन् ।

लकडाउनले बसपार्कस्थित अलपत्र केही विदेशी तथा स्थानीय गरिब परिवारहरुलाई केही दिन अगाडी वीरगंज महानगरपालिका लगायत अन्य युवाहरुले खाना खुवाए पनि पछि उनीहरु भोकभोकै बस्ने गुनासो आएपछि पर्सामा कार्यरत यी संस्थाका विभिन्न युवाहरु आवश्यक व्यवस्थापन गरीे जिम्मेवारी सहित उनीहरुलाई बिहान बेलुका खाना र दिउँसो खाजाँ खुवाउने काममा जुटेका छन् ।

गरिब तथा विपन्नलाई खाना खुवाउने अभियानमा जुटेका यी संस्थाका युवाहरुलाई ३/४ दिन यतादेखी विभिन्न दाताहरुको सहयोग पनि जुट्दै आएको राइजिङ्ग नेपाल पर्साका अध्यक्ष मन्टु गिरीले बताए ।

लकडाउन प्रभावितलाई आफूहरुले  भ्याएसम्म र सहयोगि हातहरुले सहयोग गरि रहे सम्म निरन्तर रुपमा दिनहुँ खाना खुवाउने व्यावस्था गरेको अध्यक्ष गिरीले बताए ।