आज:  | Thu, 13, Aug, 2020

म भारतीय होइन, नेपाली हुँ, मधेशीलाई भारतीय भनेर भ्रम फैलाउने काम बन्द होस : राज्यमन्त्री यादव

बिरगंज सिटी २८ जेष्ठ २०७७, बुधबार १४:१५मा प्रकाशित (२ महिना अघि) ७३५४३ पाठक संख्या

जेठ २८ वीरगंज/  प्रदेश २ की आर्थिक तथा योजना राज्य मन्त्री उषा कुमारी यादवले आफूलाई भारतीय चेली भनेर अनलाइन नेपाल साइट डटकममा आएको सामाचार गलत भएको बताएकी छिन् ।

बाराको करैयामाई गाउँपालिका–७ सिसवा टोल माईती घर र त्यहीबाट प्रारम्भीक शिक्षादेखी बैचलरसम्मको अध्ययन गरी सिम्रौनगढ नगरपालिका–९ देवापुर टेटा टोलमा बिहे भई यही ससुरा घर भए पनि भारतको दरभंगा माइती घर देखाएर सो अनलाईनले लेखेको सामाचार गलत भएको बताउँदै मन्त्री यादवले मधेशीलाई बदनाम गर्ने केन्द्रिक्रित सत्ताको इसारामा चल्ने केही मिडियाले जहिले पनि गलत अफवाह फैलाई मुलुकमा भ्रम फेलाउने काम गरेको आरोप लगाईन ।  नेपाल सरकारको शैक्षिक संस्थामा करिब १५ वर्ष सेवा गरेर मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै राजनीतिमा होमिएकी मन्त्री यादवको माईती तथा ससुराको घर नेपालमै भएपनि विगतझै मधेशीलाई बिहारी र भारतीय भनेर अपहेलियत गर्दै आएको कुरा आफूलाई भारतीय बनाएर लेखेको सामाचारले प्रष्ट हुन आएको अर्थ राज्यमन्त्री यादवको भनाई छ ।

वीरगंज सिटीसंग कुरा गर्दै मन्त्री यादवले मेधशीलाई जहिले पनि भारतीय भनेर हेप्ने, झिस्काउने, विभेद गर्ने प्रबृति पहिलादेखी नै चलि आइरहेकोले यसबाट सम्पूर्ण मधेशी जनता सजग, सतर्क र चेतनशिल हुनु पर्ने बेला आएकोे सुझाव दिईन् ।

तत्कालिन समाजवादी पार्टीको मधेश प्रदेश समितिको उपाध्यक्ष समेत रहेकी मन्त्री यादवले सदियो देखी मुलुकमा राज्य र शोसण गर्दै आएका व्यक्तिहरुद्वारा संचालित केहि अनलाइन मिडियाले गलत समाचार पोष्ट गरेर व्यक्तिको व्यक्तित्व माथि मात्र प्रहार नगरेर सम्पूर्ण संचार जगतलाई नै बदनाम गरेको आरोप लगाईन ।

देशको न्यायपालिका र पत्रकारीता इमन्दार, स्वतन्त्र र निष्पक्ष भएन भने मुलुकमा राजनीतिक स्थितरता, विकास, सुशासन, समृद्धि सम्भव नहुने भन्दै मन्त्री यादवले गलत प्रचार गर्ने मिडियालाई कारवाही गर्नु पर्ने कुरामा जोड दिइन् ।

मन्त्री यादवले भनिन, ‘‘खोक्लो राष्ट्रबादको नारा लगाएर एक जातिय शासकहरुले जनतालाई एकआपसमा लडाएर आन्तरिक कलह गराएर जनताको समृद्धी र विकासभन्दा पनि आफ्नो कुर्सी बचाउँने खेलमा मात्रै केन्द्रित रहेकोले अब पहाड, हिमाल र मधेशमा उत्पिडनमा परेका जनता छोड्ने वाला छैनन् ।’’