आज:  | Fri, 10, Jul, 2020

पैसाका लागी राष्ट्रियता,धर्म र सिद्धान्थ त्यागने लामिछानेको दलाली

बिरगंज सिटी ३० जेष्ठ २०७७, शुक्रबार १६:२५मा प्रकाशित (४ हफ्ता अघि) २०३७१ पाठक संख्या

विरगंज, जेष्ठ ३०/ पैसाको लागी जेपनि गर्ने केसि लामिछाने महानगरपालिकाको दलालीमा लागेका छन् ।पैसाको लागी कहिले क्रिश्चयन बन्ने ,कहिले चाइनिज एजेन्ट बनेर मधेस बिरोधी गतिविधि गर्दै हिड्नो लामिछाने अहिले महानगरपालिकाको दलालीमा लागेका छन ।मधेस आन्दोलनमा सुरक्षा प्रमुखहरुलाई भएभरको उकसाएर गोली चलाउन लागेका केसि लामिछाने चुनावको बेला नगर प्रमुख बिजय कुमार सरावगीको तथानाम लेख्दै हिडेका थिए ।तर चाइना भ्रमण पछि उनमा एक्कासी नगर प्रमुख बिजय कुमार सरावगी माथी भक्ती जागेको छ ।बिहिबार जिल्ला समन्वय समितीको बैठकमा उनले गरेअन्घोक्तिले सबैदलका नेताहरु आश्चर्य चकित बनेका थिए ।अहिले गडफादर भन्दै हिडेका सरावगीको बारेमा उनले त्यहि इसिमानामा लेखेका समाचार महानगरबासिको लागी जस्ताको त्यस्तै ।

सिआईबीको घेरामा सरावगी
वीरगंज, ३० भदौ । वीरगंज महानगरको मेयरका उम्मेद्वार विजय सरावगी माथीको अनुसन्धानलाई सिआइविले अन्तिम रुप दिएको खुलेको छ । सिआइविले बैँक घोटालाका मूख्य अभियुक्तको रुपमा सरावगी माथीको अनुसन्धानलाइ अगाडी बाढाएको थियो ।

एच एण्ड बी बैँक काण्डमा झण्डै ६३ करोडको घोटाला भएको तत्कालिन प्र्रतिवेदन थियो । जस मध्ये गुड फर पेमेन्ट चेकका लागी ४० करोड र क्यास सर्टेजको २३ करोड रुपैयाँ घोटाला भएको थियो । हिमचुलि विकास बैँक र वीरगंज फाइनान्स मर्ज भएर एचएण्ड बीमा गाभिएको थियो । झण्डै ५ बर्ष लगाएर सिविआइले अनुसन्धान गरेको र अहिले अन्तिम प्रतिवेदन तयार पार्ने काम भइरहेको सिआईवि स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अनुसन्धानलाई मूर्त रुप दिन केहि दिनमा नै सरावगिको घर, गोदाम तथा फार्महाउसमा छामा मार्ने र उनि संलग्न उद्योगमा समेत खानतलासि गरिने तयारी भएको छ । मेयरमा निर्वाचित भए पनि उनले गरेको घोटाला छानविन भएरै छाड्ने सिआविका ती अधिकारीले जानकारी दिए । तत्कालिन समयमा हिमचुलि विकास बैँक पक्षले वीरगंज फाइनान्सका सन्चालक सरावगीकै निर्देशनमा ६३ करोड रुपैयाँ घोटाला भएको दावि गरेको थियो ।

वीरगंजको मेयर जिते करोडाँै रुपैयाँको घोटालाबाट बँच्न सकिने र शक्तिको दुरुपयोग गर्दै महानगरको बजेट दुरुपयोग गर्न सकिने भन्दै सरावगी अहिले संघिय समाजबादी फोरमबाट उम्मेद्वार बनेका छन् । चुनाव नजिकीँदै जाँदा सरावगीले मतदातालाई आकर्षित गर्न अहिले दैनिक २० वटा भन्दा बढी खसी बोका गाउँ गाउँमा काटेर बाँढ्ने गरेको बुझिएको छ । बैँकको करोडौँको रकम अपचलन गरेर सरावगीले वीरगंजमा महंगो शुल्क असुल्ने गरी ज्ञान्दा एकेडेमि नामको विद्यालय सन्चालन गरेका छन् ।

सरावगीले घोटालाबाट बँच्न जतिसुक प्रपन्च अपनाए पनि सिआविले अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याएरै छाड्ने ती अधिकारीको भनाइ छ ।