आज:  | Thu, 13, Aug, 2020

पर्सामा ३ स्वास्थयकर्मीसहित १० जनामा कोरोना संक्रमति पुष्टि

बिरगंज सिटी १ असार २०७७, सोमबार १७:२८मा प्रकाशित (१ महिना अघि) ३१५१ पाठक संख्या

असार १ वीरगंज/ पर्साको थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको बिन्दवासिनी गाउँपालिकाको क्वारेन्टाइनका ९ जना र पटेर्वा सुगौली गाउँपालिकाको एक जनामा कोरोना संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका मेडिकल सुप्रिटेन्डर डा. मदन उपाध्यायले जानकारी दिए ।

बिन्दवासिनी गाउँपालिकामा भेटिएका ९ जना कोरोना संक्रमित मध्ये ३ जना स्वास्थयकर्मी र १ जना कार्यालय सहयोगी रहेका छन् ।

भारतबाट फर्केर आएका व्यक्तिहरुलाई गाउँपालिकाले झौवागुठ्ठिस्थित क्वारेन्टाइनमा राखिएकोमा क्वारेन्टाइनमा खट्ने स्वास्थयकर्मी र कार्यालय सहयोगीमा कोरोना संक्रमण भएको उनले बताए ।

गत जेठ २६ गते उनीहरुको स्वाब संकलन गरिएकोमा वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज दिउँसो यी १० जनामा कोरोना संक्रमति पुष्टि भएको छ ।संक्रमित सबैलाई उपचारको लागि वीरगंजको गण्डक स्थित अस्थायी कोबिड अस्पतालमा ल्याइएको जनाईएको छ ।