आज:  | Thu, 13, Aug, 2020

लद्दाखमा भारत–चीन सौनिकबिच झड्प हुँदा तीन भारतीय सैनिकको मृत्यु

बिरगंज सिटी २ असार २०७७, मंगलवार १३:२९मा प्रकाशित (१ महिना अघि) २७७३ पाठक संख्या

असार २ वीरगंज/  भारत र चीनका सेनाबीच लद्दाखमा झडप भएको छ । लद्दाखमा भारत–चीन सौनिकबिच झड्प हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ ।

गएराती पूर्वी लद्दाखको मलवान क्षेत्रमा दुबै पक्षका सैनिक बिच झड्प हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको भारतीय सेनाको भनाई छ ।
झड्पमा मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ।

लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ । जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।