आज:  | Mon, 10, Aug, 2020

भारतमा एकै दिन थपिए १३ हजारभन्दा धेरै संक्रमित

बिरगंज सिटी ५ असार २०७७, शुक्रबार १३:३९मा प्रकाशित (१ महिना अघि) २२४८ पाठक संख्या

भारतमा एकै दिन १३ हजारभन्दा बढि कोरोना संक्रमित थपिएका छन् । भारतमा बिहीबार मात्रै १३ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको वल्र्डओमिटर जनाएको छ । हिजो मात्रै भारतमा कोरोना संक्रमणको कारण ३ सय ४२ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार बिहान ६ बजेको तथ्याङक अनुसार भारतमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १२ हजार ६ सय ४ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ८१ हजार ९१ पुगेको छ ।

वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ५ हजार १ सय ६ जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म विश्वभर मृतकको संख्या ४ लाख ५५ हजार पाँच सय ५८ पुगेको छ ।

गएको २४ घण्टामा विश्वभर एक लाख ७३ हजार चार सय २४ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म विश्वभर ८५ लाख ६७ हजार र्२ सय ८० जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय चार जनाले ज्यान गुमाएका छन्।