आज:  | Thu, 13, Aug, 2020

प्रादेशिक अस्पतालको आइसोलेसनमा ज्यान गुमाएका राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख दिने

बिरगंज सिटी १२ असार २०७७, शुक्रबार १४:५१मा प्रकाशित (१ महिना अघि) २४५८ पाठक संख्या

असार १२ वीरगंज/ प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई पदेश सरकारले ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।

जीवनजल समेत नपाएर ओइसोलेसनमा मृत्यु भएका १६ वर्षीय राजु सदाको परिवारलाई प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले अन्तरिम राहत स्वरुप ५ लाख दिइने जानकारी दिए ।

घट्नाको छानबिन गर्न प्रदेश सरकारले बिहीबार स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । गठित समितिले घट्ना बारे छानबिन गर्न काम पनि सुरु गरिसकेको मन्त्री यादवले बताए । उनले दोषी जो कोही पनि देखिए उसलाई कडाभन्दा कडा कारवाही गरिने बताए ।

जेठ ३ गते भारतको अहमदावादबाट आएका राजुलाई गाउँकै हंसपुर नगरपालिका ७ को क्वारेन्टिनमा राखिएको थियो । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याई त्यही उनको स्वाब संकलन गरिएको थियो । तर संकलन गरिएको स्वाबको रिपोर्ट समयमै नआएका कारण उनले झाडापाखालाको समेत राम्रो उपचार पाएनन् र सोमबार मृत्यु भएको थियो ।