आज:  | Thu, 13, Aug, 2020

नेकपा स्थायी कमिटिको बैठक चौँथो पटक पनि स्थगित

बिरगंज सिटी २४ असार २०७७, बुधबार १०:४५मा प्रकाशित (१ महिना अघि) १७४४ पाठक संख्या

असार २४ काठमान्डौं/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक फेरि स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजे बस्ने भनिएको बैठक दुई दिनका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । पार्टीमा विवाद साम्य हुन नसकेपछि बैठक चौथो पटक स्थगित गरि अर्काे बैठक असार २६ गते(पर्सि) बस्ने गरि स्थगित गरिएको उनले बताए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (बुधबार) बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति भएको थियो । तर बुधबार बिहान फेरि बैठक स्थगित भएको सूचना दिइएको छ । पार्टीभित्र देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओली र अध्यक्षबीच केहीदिन देखि एक्ला–एक्लै वार्ता हुँदै आएपति ठोस सहमति भने हुन सकेको छैन ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजजीनामा दिनु पर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष माधव नेपाल पक्षले मांग गरेपछि संकटमा आएका ओली दुबै पद नछोड्ने अडानमा छन् । पार्टी फुटाउनसम्म पछि नहट्ने मनस्थितिमा देखिएका ओली पछिल्लो केही दिनयता अलि नरम देखिएपनि ठोस सहमति भने  हुन सकेको छैन् ।

यही असर १० गतेदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएसँगै विवाद उत्कर्षमा पुगेको छ।