आज:  | Thu, 13, Aug, 2020

भारतका ‘मोस्ट वान्टेड’ विकास दुबेको इन्काउन्टर !

बिरगंज सिटी २६ असार २०७७, शुक्रबार ११:४६मा प्रकाशित (१ महिना अघि) २३११ पाठक संख्या

असार २५ शुक्रबार/  भारतको उत्तर प्रदेश कानपुर जिल्लामा ८ प्रहरीको हत्यामा संलग्न ‘मोस्ट वान्टेड’ विकास दुबेको इन्काउन्टरमा ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । आठ प्रहरीको हत्याका योजनाकार विकास दुबे र प्रहरीबीच मुठभेडमा गम्भीर रूपमा घाइते भएका विकास दुबेको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको हो ।

विकास दुबेलाई कानपुर ल्याउने एसटीएफ काफिलेको ट्रेन आज बिहान दुर्घटनाग्रस्त भएको हो। यो दुर्घटना कानपुर टोल प्लाजाबाट २५ किलोमिटर टाढा भएको थियो। कार दुर्घटनाग्रस्त भएको बेला विकास दुबे हतियार खोसेर भाग्न खोजेका थिए। घटनास्थलबाट भागेपछि प्रहरी र विकास दुबेबिच भिडन्त भएको थियो । यस भिडन्तमा विकास दुबे गम्भीर घाइते भएपछि उनलाई लाला लाजपत राय अस्पताल ल्याउने क्रममा ज्यान गएको हो।

घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीहरुले हामीले गोलीबारीको आवाज सुन्यौं । सवारी दुर्घटना भएको थिएन। हामीले बुलेटको आवाज सुन्यौं। यस पछि, पुलिसले हामीलाई भगाउन खोज्यो। हामी त्यहाँबाट सरेका छौं। हामीले बन्दुकको आवाज सुनेको बताएका छन् ।

तर यूपी एसटीएफका अधिकारीहरु दुर्घटनाको बारेमा केही बोल्न चाहेका छैनन्, तर यो विश्वास गरिन्छ कि मिडियाको आँखाबाट विकास दुबेलाइ बचाउनको लागि कार हाइ स्पीड थियो। वर्षा र उच्च गतिको कारण गाडी पल्टिएको हो ।एजेन्सी